+
+
Shares

भारतको सहयोगमा हेटौंडामा पोलिटेक्निक परियोजना

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २० गते १०:४२

२० कत्तिक, काठमाडौं । प्रदेश नं ३ का माननीय मुख्यमन्त्री डोरमणि पौडेललेे भारतीय राजदूतवासका कार्यभार राजदूत डा. अजय कुमारको उपस्थितिमा मकवानपुर जिल्लाको हेटौंडामा अवस्थित नेपाल-भारत मैत्री पोलिटेक्निक परियोजनाको शुभारम्भ गरे ।

कार्यक्रममा प्रदेश नं ३ का माननीय सामाजिक विकास मन्त्री युवराज दुलाल, प्रदेश नं ३ का माननीय आर्थिक मामिला मन्त्री कैलाश ढुङ्गेल, प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद -सीटिइभिटी) का सदस्य सचिव पुष्परमण वाग्ले लगायत स्थानीय तथा विद्यार्थीहरुको उपस्थिति थियो ।

व्यवसायिक तालिमको क्षेत्रमा अत्याधुनिक पूर्वाधार परियोजनाको रुपमा रहेको यस नेपाल-भारत मैत्री पोलिटेक्निक परियोजना भारत-नेपाल विकास साझेदारी कार्यक्रम अन्तर्गत भारत सरकारको भा.रु. ३८.५३ करोड अनुदान सहयोगमा निर्माण भइरहेको छ ।

पोलिटेक्निक परियोजनाको कूल निर्माण क्षेत्रफल १९,२०० वर्ग मिटर रहनेछ । यस पोलिटेक्निकमा प्रशासनिक भवन, प्राज्ञिक भवन, सभाहल, पुस्तकालय, कार्यशाला एवम् बहुउद्देशीय हल, छात्र-छात्राका लागि छुट्टै होस्टल, प्रधानाध्यापक तथा कर्मचारीका लागि आवासीय भवनका साथै खेलकुल तथा समुदायका लागि विभिन्न सुविधाको व्यवस्था रहेको छ । यस परियोजना आगामी दुई वर्षभित्रमा सम्पन्न हुने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?