Comments Add Comment

‘कास्की २ मा कांग्रेसबाट धनराज गुरुङको च्याप्टर क्लोज’

२० कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले कास्की २ को प्रतिनिधिसभा सदस्यमा धनराज गुरुङलाई उम्मेदवार नबाउने भएका छ । गुरुङ स्वयंले आफू उम्मेदवार नबन्ने जानकारी पदाधिकारी बैठकमा गराएका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले गुरुङलाई उम्मेदवार बनाउने भनी सार्वजनिक रुपमा भइरहेका चर्चाको खण्डन गरेका छन् । उनले ट्वीटरमार्फत पदाधिकारी बैठकमै धनराज गुरुङ उपस्थित भएर स्थानीय साथीहरुलाई नै उम्मेदवार बनाउन उपयुक्त हुने राय प्रस्तुत गरेको जनाएका छन् ।

पूर्वसभासद गुरुङ स्याङ्जाका हुन् । उनले कास्की २ मा टिकट पाउन लागेको भनी प्रचार भइरहेको बेला कांग्रेसले आधिकारिक रुपमा गुरुङको उम्मेदवारीको सम्भावना नरहेको प्रष्ट पारेको हो ।

उपनिर्वाचनका लागि उम्मेदवार मनोनयन बिहीबार हुँदैछ । कांग्रेसले अहिलेसम्म उम्मेदवार तय गर्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment