Comments Add Comment

लिपुलेक नेपाली भ–ूभाग हो, हाम्रो दाबी रहन्छ : सल्लाहकार भट्टराई

२० कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले ऐतिहासिक तथ्यले पनि कालापानी र लिपुलेक नेपाली भू–भाग भएकोे भन्दै आफूहरु सोही मान्यतामा अडिग रहेको स्पष्ट पारेका छन् ।

नेपाली भूभागलाई भारतीय नक्शामा राखेकोमा आफूहरुको गम्भिर ध्यानाकार्षण भएको स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा भट्टराईले भने, ‘कालापानी नेपाली भ–ूभाग हो । ऐतिहासिक तथ्यले पनि त्यही भन्छ । हाम्रो मान्यता पनि यही हो । १९६२ देखि त्यहाँ बसेको भारतीय सेना हट्नुपर्छ । कालापानीलगायत सबै सीमा विवाद टुँग्याउनुपर्छ ।’

सीमा विवादहरु कूटनीतिक टेबुलमा बसेर समाधान गर्नुपर्नेमा उनले जोड दिए । एकपक्षीय निर्णय अमान्य हुने भन्दै उनले भने, ‘जुनसुकै समस्याको समाधान कूटनीतिक निश्कर्षमा पुग्नुपर्छ ।’

नेपाल र भारतबीच कतिपय सीमा खोलाले छुट्याउने गरेको र कहिलेकाहीँ खोलाले आफ्नो बहाव परिवर्तन गर्दा समस्या हुने गरेको उनले सुनाए । उनले भने, ‘कतिपय पिलरहरु हराएका छन् । जमिन अतिक्रमण भएका छन् ।’

नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपिजी) मा पनि एउटा बुँदामा सीमा विवादसम्बन्धी विस्तृत सुझाव समेटिएको जनाए । उनले भने, ‘हामीले विस्तृत सुझावसहितको प्रतिवेदन तयार पारेका छौं । ईपिजीको प्रतिवेदन छिटो बुझ्नुपर्छ । यसमा नेपाल–भारत सम्बन्धका सबै उतारचढावबारे समग्र सुझाव छ ।’

सरकारले जनता र भुगोलको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको परराष्ट्र मामिला सल्लाहकार भट्टराईले बतए । भन्छन्,‘सरकार यसबाट दायाँबायाँ हुँदैन् । सरकार आफ्नो दायित्वबाट पछि हट्दैन । यदि हाम्रो सीमा तलमाथि भएको रैछ भने पनि हामी कुटनीतिक टेबुलमार्फत समस्याको हल गर्छौं ।’

उनले लिपुलेक पनि नेपालकै भएको बताए । लिपुलेकबारे भारत र चीनबीच भएको सहमति बेठिक भएको भन्दै उनले भने, ‘अध्ययन र तथ्यांकको आधारमा लिपुलेक हाम्रो हो । यसमा हाम्रो दाबी हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment