+
+
Shares

नवनियुक्त प्रदेश प्रमुख कलौनीद्वारा पदभार ग्रहण   

रासस रासस
२०७६ कात्तिक २० गते १६:२३

२० कात्तिक, सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार पदभार ग्रहण गरेका छन् ।

मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका प्रदेश प्रमुख कलौनीले कर्णाली प्रदेश प्रमुखको पदभार ग्रहण गरेका हुन् ।

पदभार ग्रहण गर्दै प्रदेश प्रमुख कलौनीले कर्णाली प्रदेश सरकारले लिएको विकास र समृद्धिमा समन्वय एवं रचनात्मक भूमिका निर्वाह गर्ने बताए ।

उनलाई कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सभामुख राजबहादुर शाही, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, उपसभामुख पुष्पा घर्ती, मुख्य न्यायधिवक्ता विद्याभूषण मानन्धरले माला लगाएर स्वागत गरेका थिए ।

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?