Comments Add Comment

डोटीमा वडाध्यक्षका लागि दुई दलले छाने उम्मेदवार

२० कात्तिक, डोटी । डोटीको आदर्श गाउँपालिका-२ को वडाध्यक्ष पदका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले उम्मेदवार चयन गरेका छन् ।

नेकपाले रामबहादुर बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका आदर्श गाउँ कमिटी अध्यक्ष गोविन्द पार्कीले जानकारी दिए ।

विद्यार्थी जीवनमै साविकको नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्वबियुमा आवद्ध रहि काम गरेका बोहरा पछिल्लो समय व्यापार व्यवसायमा क्रियाशील छन् । उनी दुर्घटनामा परी मृत्यु भएका पूर्ववडाध्यक्ष प्रेमबहादुरका नजिकका व्यक्ति हुन् ।

यस्तै नेपाली कांग्रेसले महादेव साउँदलाई उम्मेदवार बनाउने निर्णय गरेको पार्टीका जिल्ला सभापति प्रतिप देउवाले जानकारी दिए । पार्टीको आदर्श गाउँ इकाई समिति सभापतिसमेत रहेका साउँद २०७४ को स्थानीय तह निर्वाचनमा सोही वडामा पराजित उम्मेदवार हुन् ।

आदर्श गाउँपालिका वडा नं. २ को वडाध्यक्षको निर्वाचनका लागि उक्त कार्यालय स्थापना गरिएको हो । वडाध्यक्ष प्रेमबहादुर बोहराको २०७५ साल जेठ १५ गते डडेल्धुराको गन्यापधुरा गाउँपालिकामा भएको दुर्घटनामा परी मृत्यु भएपछि पद खाली भएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

डोटीको आदर्श गाउँपालिकामा मुख्यनिर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

मंसिर १४ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश वीदूर काफ्लेले मुख्य निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन गरेका हुन् ।

गाउँपालिकाका पदाधिकारीहरु, राजनीतिक दलका प्रतिनिधिहरु र सुरक्षा निकायको उपस्थितिमा कार्यालय स्थापना भएको निमित्त जिल्ला निर्वाचनअधिकारी दलबहादुर मलासीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment