+

एएफसी यू-१९ च्याम्पियनसिपमा नेपाल पराजित

२०७६ कात्तिक  २० गते १९:३८ २०७६ कात्तिक २० गते १९:३८
एएफसी यू-१९ च्याम्पियनसिपमा नेपाल पराजित

२० कात्तिक, काठमाडौं । नेपालले एएफसी यू-१९ च्याम्पियनसिप छनोटको आफ्नो पहिलो खेलमा हार ब्यहोरेको छ ।

इरानमा आज भएको एएफसी यू-१९ च्याम्पियनसिप छनोटको समूह ‘डी’ को खेलमा नेपालले युएईसँग ४-० गोलअन्तरले पराजित भएको हो ।

खेलमा नेपाल आत्मघाति गोलबाट पछि परेको थियो । सुरुवात मै दबाबमा आएको नेपालले खेलको २७ औ मिनेटमा आत्मघाति गोल गर्न पुग्यो । योसँगै यूएईले १-० गोलको अग्रता बनायो ।

खेलको ३८ औ मिनेटमा ईशा खालिफानले गोल गर्दै पहिलो हाफसम्म २-० गोलको अग्रता दिलाए । खालिफा युसुफले ७१ औैं र अतिरिक्त समयमा अब्दुल्ला हामदले गोल गर्दै नेपालविरुद्ध यूएईलाई ४-० गोलको जित दिलाए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय