+
+
Shares

भारतको सहयोगमा बूढानीलकण्ठमा बन्यो मठाधीश भवन

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २१ गते १३:३८

२१ कात्तिक, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नारायण मन्दिरका लागि भारत सरकारको सहयोगमा मठाधीश भवन निर्माण गरिएको छ । २ करोड १८ लाख रुपैयाँ अनुदान सहयोगमा बनाइएको मठाधीश भवनको नेपालका लागि भारतीय राजदूत मंजीवसिंह पुरीले बुधबार उदघाटन गरेका छन् ।

उदघाटन समारोहमा बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेल, जिल्ला समन्वय समितिका अध्यक्ष शिवसुन्दर राज वैद्य लगायत राजनीतिक तथा सामुदायिक अगुवाहरुको सहभागीता थियो ।

नवनिर्मित यस तीनतल्ले भवन मठाधीश तथा युवा भिक्षुहरु बस्न प्रयोग हुने छ । मन्दिर परिसरमा निर्मित यस मठाधीश भवन भारत र नेपालबीचको सदियौं पुरानो सांस्कृतिक सम्बन्धको प्रतीकको रुपमा रहने नेपालस्थित भारतीय दूतावासको विश्वास छ ।

बूढानीलकण्ठ मन्दिर काठमाडौं जिल्लाको उत्तरतर्फ शिवपुरी डाँडाको काखमा अवस्थित छ । यस धार्मिकस्थलको पोखरीको मध्य भागमा नागहरुको शैय्यामा पल्टिरहेको भगवान विष्णुको मूर्ति सम्भवतः नेपालको सबैभन्दा ठूलो प्रस्तर मूर्ति हो । यहाँ दर्शन गर्न भारत तथा विश्वको अन्य स्थानहरुबाट समेत तीर्थयात्रीहरु आउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?