+
+
Shares

भारतीय हस्तक्षेपविरुद्ध विराटनगरको सीमावर्ती क्षेत्रमा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २१ गते १२:५७

२१ कात्तिक, विराटनगर । नेपालका भूभागलाई आफ्नो नक्साभित्र समावेश गर्दै भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि विराटनगरको सिमावर्ती क्षेत्रमा प्रदर्शन भएको छ । विराटनगरका युवाहरुले स्वतन्त्र युवा समुहको नाममा भारतीय हस्तक्षेपकोविरुद्धमा सीमावर्ती क्षेत्र रानीमा प्रदर्शन गरेका हुन् ।

भन्सार गेट अगाडि प्रदर्शन गरेका युवाहरुले भारतीय हस्तक्षेप बन्द गर्न माग गरे ।

बिहीबार सीमानाका पुगेका युवाहरुले भारतको थिचोमिचो सहेर नबस्ने बताए । पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको अतिक्रमित क्षेत्र फिर्ता गर्न माग गरे ।

भारतले नेपालको भूभाग आफ्नो भएको दाबीसहित नयाँ नक्सा निकालेपछि सरकारले भारतको नयाँ नक्सालाई स्वीकार नगर्ने जनाएको छ । भारतीय नयाँ नक्साप्रति सामाजिक सञ्जालमा पनि तीब्र बिरोध भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?