Comments Add Comment

इ-प्लानेटको आयोजनामा अष्ट्रेलियन एजुकेशन फेयर हुँदै

२१ कात्तिक, काठमाडौं । राजधानीको बागबजारमा अवस्थित इ प्लानेट (एजुकेशन प्लानेट) एजुकेशन कन्सल्टेन्सीेले यहि कार्तिक २३ गते शनिवारका दिन अष्ट्रेलियन एजुकेशन फेयरको आयोजना गर्दैछ ।

अष्ट्रेलिया अध्ययनमा जान चाहने नेपाली विद्यार्थीहरुलाई अष्ट्रेलियाको शिक्षा, विश्वविद्यालय र त्यहाँको शैक्षिक वातावरणबारे उचित जानकारी प्रदान गराउने उदेश्यले फेयरको आयोजना गर्न लागिएको हो ।

अष्ट्रेलियाका उत्कृष्ट विश्वविद्यालयका प्रतिनिधिहरु समेतको सहभागितामा सो फेयर संचालन हुने भएको छ ।

एजुकेशन फेयर यहि नोभेम्बर ९ तारिख शनिवार इ-प्लानेटको कार्यालय बागवजार काठमाडौंमा र १० तारिखमा चितवनको भरतपुरस्थित भरतपुर गार्डेन रिसोर्टमा हुने आयोजकले जनाएको छ । उक्त फेयर बिहान १० बजे देखी साँझ ५ बजे सम्म संचालन हुँदैछ ।

युनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी, युनिभर्सिटी अफ ओलोङ्गोङ , वेष्ट्रन सिड्नी युनिभर्सिटी, लगायत २० भन्दा धेरै प्रख्यात युनिभर्सिटीका प्रतिनिधिहरु एजुकेशन फेयरमा सहभागी हुनेछन ।

ति प्रतिनिधिहरुबाट नेपाली विद्यार्थीहरुले उचित जानकारी हाँसिल गर्न सक्नेछन । अष्ट्रेलिया अध्ययनका लागि जान चाहने विद्यार्थीहरुले नेपालमै बसेर आफुले रोजेको विषय र चाहेको विश्वविद्यालयबारे आवश्यक पर्याप्त जानकारी प्राप्त गर्न सकुन् भन्ने उदेश्यले यो एजुकेशन फेयर आयोजना गरिएको इ प्लानेटका प्रमुख नयन लामिछानेले बताए ।

अष्ट्रेलियामा अकाउन्टिङ, आइटी, नर्सिङ, इन्जिनियरिङ , विजनेश स्टडिज, हेल्थ लगायतका विषयमा अध्ययनका लागि नेपाली विद्यार्थीहरु जाने गरेका छन् । यो एजुकेशन फेयरमा विभिन्न विधाका विश्वविद्यालयहरुको सहभागिता रहने हुँदा विद्यार्थीले चाहे अनुसारको जुनसुकै विषयको बारे खास जानकारी प्राप्त गर्न सक्ने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment