Comments Add Comment

एनआईसी एशिया बैंकको विस्तारित काउण्टर उच्च अदालत पाटन ललितपुरमा

२१ कात्तिक, काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको विस्तारित काउन्टर हरिहरभवन ललितपुरस्थित सम्मानित उच्च अदालत पाटन परिसरमा औपचारिक उद्घाटन भएको छ । विस्तारित काउण्टरको उच्च अदालतका मुख्य न्यायाधीश माननीय नहकुल सुवेदीले आज एक समारोहका बीच उद्घाटन गरे ।

उद्घाटन समारोहमा प्रमुख अतिथि माननीय नहकुल सुवेदीले उच्च अदालत पाटन परिसरमा बैंकको उपस्थितिले सेवाग्राहीलाई सहयोग पुग्ने तथा शुल्क भुक्तानी प्रक्रियामा थप आर्थिक पारदर्शिता कायम हुने विश्वास व्यक्त गरे ।

उच्च अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै सेवाग्राहीलाई अदालती शुल्क, दस्तुर बुझाउन तथा आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले बताए । उद्घाटन समारोहमा उच्च अदालतका रजिष्ट्रार बाबुराम दाहाल लगायतले आफ्नो मन्तव्य व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment