Comments Add Comment

हरिबोधनी एकादशीको दिन के गर्नुहुँदैन ?

आज हरिबोधनी एकादशी अर्थात् तुलसीको विवाह गर्ने दिन । हरिबोधनी एकादशी अत्यन्त पवित्र तिथि हो । यो दिन तन, मन तथा धनको पवित्रतालाई जोगाइरहने प्रयास गर्नुपर्छ । यो तिथि यति धेरै शुभ हुन्छ कि मन, कर्म तथा वचनमा भएको थोरै मात्र अशुद्धिले पनि समस्याका कारण बन्ने धार्मिक विश्वास छ ।

 जुवा खेल्नु

जुवा खेल्नु एउटा सामाजिक विकृति समेत हो । जो व्यक्ति जुवा खेल्छ, उसको परिवार तथा आफन्तहरु समेत नष्ट हुन्छन् । जुन स्थानमा जुवा खेलिन्छ, त्यहाँ अधर्मको राज हुन्छ । त्यस्तो स्थानमा थुप्रै प्रकारका नराम्रा कुराहरु उत्पन्न हुन्छन् । त्यसैले केवल आज मात्र होइन, कहिले पनि जुवा नखेलेको राम्रो ।

 राती जाग्राम

धार्मिक विश्वास अनुासर राती जाग्राम बस्नु राम्रो मानिन्छ । भगवान विष्णुको प्रतिमा अथवा तस्वीरको नजिकै बसेर भजन गाउँदै जागरण गर्नुपर्छ । यसबाट भगवान विष्णुको कृपा प्राप्त हुन्छ ।

 पान खानु हुँदैन

एकादशीको दिन खानपान पनि वर्जित गरिएको हुन्छ । खानपानले मनमा रजोगुणको प्रवृत्ति बढ्छ । त्यसैले एकादशीको दिन पान नखाएर व्यक्तिले सात्विक आचार-विचार राख्दै भगवान विष्णुको भक्तिमा मन लगाउनुपर्छ ।

 निन्दा गर्नु हुँदैन

अरुलाई हानि हुने कुनै पनि काम गर्नु हुँदैन । यसो गर्नाले मनमा अरुप्रति कटु भावना उत्पन्न हुनसक्छ । त्यसैले एकादशीको दिन अरुको बारेमा नराम्रो समेत नसोची भगवान विष्णुको भक्तिमै ध्यान लगाउनुपर्छ ।

 कुरा लगाउनु हुँदैन

कुरा लगाउनाले मान-सम्मानमा कमी आउनसक्छ । धेरै पटक अपमानको समेत सामना गर्नुपर्ने हुन्छ । त्यसैले केवल एकादशीको दिन मात्र होइन, अन्य दिन पनि कसैको कुरा गर्नु हुँदैन ।

चोरी गर्नु हुँदैन

चोरी गर्नुलाई पाप कर्म मानिन्छ । चोरी गर्ने व्यक्तिलाई परिवार तथा समाजमा घृणाको नजरले हेरिन्छ । त्यसैले केवल एकादशीको दिन मात्र होइन, अन्य दिनमा पनि चोरी जस्तो पाप कर्म गर्नुहुँदैन ।

 हिंसा गर्नुहुँदैन

एकादशीको दिन हिंसा गर्न मनाही छ । हिंसा केवल शरीरबाट मात्र होइन, मनबाट पनि हुने गर्दछ । यसले मनमा बिकार ल्याउँछ । त्यसैले शरीर अथवा मनमा कुनै पनि प्रकारको हिंसा आजको दिन गर्नुहुँदैन ।

शारीरिक सम्पर्क

एकादशीको दिन धर्मपत्नीसँग समेत शारीरिक सम्पर्क राख्नु हुँदैन । किनभने यसले पनि मनमा विकास उत्पन्न हुन्छ र भगवानको भक्तिमा मन जाँदैन । त्यसैले एकादशीको दिन संसर्ग गर्नुहुँदैन ।

 क्रोध गर्नुहुँदैन

एकादशीको दिन क्रोध समेत गर्नु हुँदैन । यसले पनि मानसिक हिंसा हुन्छ । यदि कसैबाट केही गल्ती भयो भने उसलाई माफ गरिदिनुपर्छ र मनलाई शान्त बनाइरहनुपर्छ ।

झुटो बोल्नु हुँदैन

झुटो बोल्नु भनेको व्यक्तिगत खराबी हो । जो व्यक्ति झुटो बोल्छ, उसलाई समाज तथा परिवारमा उचित मान-सम्मान प्राप्त हुँदैन । त्यसैले केवल एकादशीको दिनमा मात्र होइन, अन्य दिनमा समेत झुटो बोल्नु हुँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment