Comments Add Comment

अब विदेशमा ‘मारूनी’

नवल नेपालद्वारा निर्देशित चलचित्र ‘मारूनी’ले अब आफ्नो  विदेश प्रदर्शनी यात्रा सुरु गर्ने भएको छ । नेपालमा समीक्षात्मक र व्यापारिक रुपमा सफल भएको यस चलचित्रले जापानबाट आफ्नो विदेश प्रदर्शन सुरु गर्न लागेको हो ।

यही नोभेम्बर ३० तारिकमा जापानमा चलचित्रको शो गरिने निर्मात्री पुनम गौतले बताइन् । उनले भनिन्, ‘३० तारिकमा जापानको नागोयामा चलचित्र प्रदर्शन गर्नेछौँ । डिसेम्बर ७ मा ओसाका र त्यसको केही दिनमा नै टोकियोमा पनि चलचित्र प्रदर्शन गर्नेछौँ ।’ चलचित्र प्रदर्शनको लागि निर्माता पूनमसँगै नायक पुष्प खड्का पनि जापान पुग्नेछन् । जापान प्रदर्शनीको आयोजकमा शर्मिला डंगोल र विनोदकुमार सापकोटा छन् ।

जापान रिलिजपछि चलचित्र लिएर निमाता पूनम विभिन्न देश पुग्ने योजनामा छिन् । अहिलेसम्म अष्ट्रेलिया, अमेरिका, लण्डनलगायत देशहरुमा चलचित्रको प्रदर्शन पक्का भइसकेको गौतमले बताइन् ।

तेस्रो लिङ्गीको कथालाई प्रस्तुत गरेको यस चलचित्रमा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, रेविका गुरुङ लगायतको मुख्य भूमिका रहेको छ । चलचित्रलाई संजय लामाले खिचेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment