+
+
Shares

उपल्लो मुस्ताङमा हिउँ पर्न थाल्यो

रासस रासस
२०७६ कात्तिक २२ गते ११:५८
Photo Credit : फाइल तस्वीर

२२ कात्तिक, ठिनी । उपल्लो मुस्ताङमा शुक्रबार बिहानदेखि हिउँ पर्न थालेको छ । दामोदरकुण्ड लोघेकर र लोमान्थाङ गाउँपालिकामा यो वर्ष पहिलोपटक हिउँ परेको हो ।

चराङ, मराङ, लोमान्थाङ, छोसेर र छोन्हुपमा हिउँ परेको दामोदरकुण्ड लोघेकर गाउँपालिका–१ का वडाध्यक्ष टसी ढुण्डुक ठकुरीले बताए ।

चराङमा बिहानसम्म पानी परिरहेको उनले बताए । पानी र हिमपातका कारण चिसो बढेको छ । जनजीवन प्रभावित भएको छ । डाँडाहरुमा बाक्लो हिउँ जमेको छ । बस्तीमा दुई–तीन सेन्टिमिटर बाक्लो हिउँ जमेको छ ।

चिसो र हिमपातका कारण निर्माणाधीन बेनी–जोमसोम–कोरलालगायत विकास आयोजना प्रभावित भएका छन् । चिसो छल्न उपल्लो मुस्ताङका बासिन्दाहरु बेँसी झर्न थालेका छन् । पोखरा, काठमाडौं, चितवन, बुटवललगायतका ठाउँमा जान थालेका छन् ।

घरमा कुरुवालाई राखेर न्यानो ठाउँतर्फ गएका उपल्लो मुस्ताङका बासिन्दा गर्मी बढ्न थालेपछि फागुनमा घर फर्कन्छन् । उनीहरुले घुम्ती व्यापार पनि गर्छन् ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?