Comments Add Comment

अयोध्या फैसलामा पाकिस्तानको आक्रामक प्रतिक्रिया

२३ कात्तिक, काठमाडौं । अयोध्यामा मन्दिर र मस्जिद विवादमा भारतको सर्वोच्च अदालतले गरेको फैसलामा पाकिस्तानले आक्रामक प्रतिक्रिया दिएको छ ।

शनिबार भारतका मुख्य न्यायाधीश रन्जन गोगोईको अध्यक्षतामा रहेका पाँच न्यायाधीशको बेन्चले रामललाको पक्षमा फैसला सुनाएको छ र मुस्लिम पक्षलाई छुट्टै पाँच एकड जमिन मस्जिद बनाउने दिन निर्देशन दिएको छ ।

भारतमा सबै पक्षले फैसलालाई सन्तुलित भनेका छन् । तर पाकिस्तानले आक्रामक प्रतिक्रिया दिएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता आसिफ गुफरले ट्वीट गर्दै भनेका छन्, ‘विश्वले एक पटक फेरि अतिवादी भारतको असली अनुहार देखेका छन् । पाँच अगष्टमा कश्मीरको संवैधानिक दर्जा खारेज गर्‍यो र अब बाबरी मस्जिदमा फैसला आयो । अर्कोतिर पाकिस्तानले अरु धर्मको आदर गर्दै गुरु नानकको सेवकका लागि करतारपुर करियोर खोलेको छ ।’

रेडियो पाकिस्तानकाअनुसार विदेशमन्त्री शाह महमूद कुरैशीले फैसलामा मोदी सरकारको कट्टरता झल्किएको बताएका छन् ।

जुन दिन करतारपुर कोरिडर उद्घाटन भयो, त्यही दिन भारतमा फैसला सुनाएकोमा समेत उनले आश्चर्य व्यक्त गरे । उनले भने, ‘भारतमा मुसलमान पहिलेदेखि दबावमा छन् र सर्वोच्चको फैसलाले थप दबावमा पर्नेछन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment