Comments Add Comment

इबरको पोष्टमा रियल मड्रिडको चार गोल

२४ कात्तिक, काठमाडौं । रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा इबरलाई पराजित गरेको छ ।

शनिबार राति भएको खेलमा घरेलु टोली इबरलाई रियल मड्रिडले ४–० गोलअन्तरले पराजित गरेको हो । रियलको जितमा करिम बेन्जिमाले दुई गोल गर्दा, सर्जियो रामोस र फेडेरिको भ्यालभर्डेले एक गोल गरे ।

पहिलो हाफमा तीन गोल गरेको रियलले दोस्रो हाफमा थप एक गोल गर्दै जित हात पारेको हो । खेलको १७ औं मिनेटमा बेन्जिमा र २० औं मिनेटमा रामोसले गोल गर्दै रियललाई २–० गोलको अग्रता दिलाए । खेलको २९ औं मिनेटमा बेन्जिमाले अर्को गोल गर्दै रियललाई ३–० गोलको अग्रतामा पुर्‍याए ।

रियल मड्रिडविरुद्ध सुरुवाती समयदेखि नै दबाबमा खेलेको इबरले खेलको ६१औं मिनेटमा फेरि गोल खान पुग्यो । योपटक भने फेडेरिकोले गोल गरेसँगै रियल मड्रिड ४–० गोलले विजयी भएको हो ।

शनिबार राति नै भएका अन्य खेलमा अलाभेसले रियल भ्यालाडोलिडलाई ३–० र भ्यालेन्सियाले ग्रानाडालाई २–० गोलअन्तरले पराजित गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment