Comments Add Comment

मन्त्रीले गरे मानसिक रोगीको उद्धार

२४ कात्तिक, विराटनगर । एसएलसी परीक्षा अघिसम्म उनको पढाइ राम्रो थियो । एसएलसी परीक्षा पनि राम्रो भएको थियो । तर रिजल्ट आउँदा उनी फेल भए । परीक्षा बिग्रिएको घटनापछि चिन्ताले मोरङ रतुवामाई नगरपालिका– ८ का दिनेश तिम्सिना मनोरागी बने ।

आमाबुबा अशक्त भएका कारण उनले समयमा नै उपचार पाएनन् । २५ वर्षयता उनी मानसिक रोगी बनेर घरमै बसिरहे । प्रकाशका आमा बुबा बोल्न सक्दिनन् । बुबा लोमनाथको भने यसअघि नै मृत्यु भइसकेको छ ।

वृद्धा अवस्थाकी आमा अन्नपूर्णा छोराको हेरचाह गर्न सक्ने अवस्थामा छैनन् । दिनेशको हेरचाह काका अम्बिका तिम्सिनाले गर्दै आएका थिए । तिम्सिनालाई आइतबार उद्धार गरी मानव सेवा आश्रममा लगिएको छ ।

दिनेशको उपचारको जिम्मा प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिर लिएका छन् । स्वास्थ्यमा सुधार आएपछि पुनः परिवारकै जिम्मा लगाउने बताए । असोज ४ गतेयता मन्त्री घिमिरेले चार जनाको उद्धार गरिसकेका निजी सचिव राम पोखरेलले बताए ।

विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले आइतबार विराटनगर रानी क्षेत्रबाट दुई जनाको मानसिक रोगीको उद्धार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment