Comments Add Comment

अन्तरिक्ष यात्री : कसरी बस्छन्, के खान्छन् ?

यसरी गर्छन् खानेकुरा भण्डारण

आफ्नो मिल्ने साथीहरुसँग एकहप्ताभन्दा धेरै कुनै शिविरमा बस्ने गरी जानुपर्दा तपाईं के–के लिएर जानुहुन्छ ? यात्रा अवधि भरको लागि खाने खाना, बस्नको लागि आवश्यक सामग्री, लगाउने कपडा र यस्तै अरु । त्यही शिविर जस्तै हो अन्तरिक्षमा जाने मानिसको यात्रा पनि । सबै झिटिगुण्टाहरु बोकेर गएका मानिसहरुले आफू त्यहाँ बस्ने समयसम्मको लागि खाना पनि सबै लैजानु पर्छ ।

यात्रा अवधिभरको लागि खानालाई बिग्रन नदिने भण्डारणको अवधारणा भने पृथ्वीको यात्रा र अन्तरिक्षको यात्रामा केही फरक छ । जहाँसुकैको यात्रा होस् त्यस्तो यात्रामा जाँदा प्रयोग गरेका सामग्रीहरु यात्रा नसकिएसम्म जतन गरेर राख्छौं र फर्किने बेलामा मात्रै सबै कुरा रद्दीको टोकरीमा फ्याँकेर आउँछौं ।

त्यस्तै हुन्छ, अन्तरिक्षमा पनि । पृथ्वीबाट अन्तरिक्षमा जाने समयमा नै उनीहरुले पर्याप्त मात्रामा खानाको पूर्व तयारी गर्ने गर्छन् । त्यहाँ गएर पनि केही खाना त यहाँ जस्तैगरी सामान्य किसिमले खान सकिने खालको हुन्छ । जस्तै, फलहरु अन्तरिक्षमा पनि प्राकृतिक रुपमा नै खान सकिन्छ । तर, त्यसको पनि भण्डारण प्रक्रिया भने भिन्दै छ ।

अरु खानाहरुमा हामीले पानीको मात्रा थप गरेर खानु पर्ने हुन्छ । त्यहाँ खानेकुरा तताउनको लागि स्पेस स्टेशनहरुमा चुल्हो‘भट्टी’ हरुको व्यवस्था गरिएको हुन्छ । अन्तरिक्षमा रेफ्रिजरेटर जस्ता सामग्रीहरु पाईंदैन । त्यसैले त्यहाँ खाना खराब हुनबाट बचाउनको लागि अन्तरिक्षको खाना भण्डार गर्ने बन्दोबस्त अन्तरिक्षयात्रीहरु आफैंले गर्नुपर्छ ।

अन्तरिक्षमा पनि केट्चप, तोरीका तेलहरु, मख्खन जस्ता खानेकुराहरु लैजाने गरिन्छ । त्यहाँ नुन र खुर्सानी पनि लैजान त सकिन्छ । तर, त्यसको सकेसम्म प्रयोग गर्ने गरिँदैन । अन्तरिक्षमा खुर्सानी जस्ता सामग्रीहरु तैरिने भएकोले त्यस्ता सामग्रीहरुलाई त्यतिधेरै प्रयोग नगरिने नासाले जनाएको छ ।

अन्तरिक्ष यात्रीहरुले दिनमा तीन पटक खानेकुरा खाने गर्छन् । बिहान, दिउँसो र बेलुका नै उनीहरुले भिटामिन र खनिजको समिश्रण युक्त खानेकुरा खान्छन् । त्यसमा सन्तुलित आहारहरुलाई पनि ध्यान दिइन्छ । अन्तरिक्ष यात्रीको शरीरका लागि क्यालोरीको आवश्यकताहरू केही भिन्न छ । उदाहरणका लागि एक सामान्य महिलाको लागि एक दिनमा पृथ्वीमा २००० क्यालोरी शक्ति चाहिन्छ भने अन्तरिक्षमा करिब १९०० क्यालोरी आवश्यक पर्छ । जबकि एकजना हट्टाकट्टा बयस्क मान्छेका लागि ३२०० क्यालोरी आवश्यक पर्छ । अन्तरिक्ष यात्रीहरु बढीजसो फलहरुमा बदाम, बदाम बटर खान्छन् । त्यस्तै, कुखुराको मासु, गाईको मासु, समुद्री खाना आदिको धेरै प्रयोग गर्ने गर्छन् । उपलब्ध पेयहरुमा कफी, चिया, सुन्तलाको रस, फल र निम्बु पानी समेत प्रयोग गर्ने गर्छन् ।

पृथ्वीमा जस्तै अन्तरिक्षमा पनि खाना प्याकेजमा खाने गरिन्छ । जब खानेकुरा सकिनै लाग्छ त्यतिबेला अन्तरिक्षयात्रीहरुले आफ्नो खानाको मात्रालाई कम गर्नुपर्ने हुन्छ । खानाको मात्रा उडानको लागि सहज हुने किसिमले तयार पारिएको हुन्छ ।

खाना भण्डारण कसरी हुन्छ अन्तरिक्षमा ?

रिहाइड्रेटेबल खाना 

भण्डारणको लागि सहज होस् भन्न खानाबाट पानीको मात्रा हटाइएको हुन्छ । तत्काल खाने खानामा पनि खानुअघि पानीको मात्रा हटाइएको हुन्छ । बोर्डमा, खाना खानुअघि खानालाई प्रतिस्थापन गरिन्छ । आईटमहरूमा पेय पदार्थहरू (चिया, कफी, सुन्तलाको जुस) समावेश गरिन्छ ।

खानालाई कोठाको तापमानमा मिलिरहन सक्नेगरी ‘स्थिर ताप’ गराएर राखिन्छ । अधिकतर फलफूल र माछाहरु सजिलो क्यानमा तयार पारेर राखिएका हुन्छन् । तिनीहरुलाई सुख्खा प्लास्टिकका कपहरूमा प्याक गरेर पनि राख्ने गरिन्छ ।

अन्तरिक्षमा कोकोनट, कुकिज आदिको पनि प्रयोग गर्ने गरिन्छ । अन्तरिक्ष यात्रीहरूले किस्ती आकारको भाँडालाई प्लेटको रूपमा प्रयोग गर्छन् । खानेकुराहरु या त ट्यूबमा या झोलामा निचोरेर राख्ने गरिन्छ ।

कस्तो हुन्छ अन्तरिक्षको बसाईं ?

अन्तरिक्षमा बस्न पृथ्वीमा जस्तो सजिलो छैन । अन्तरिक्षमा अन्तरिक्ष यात्रीहरूको शरीर पृथ्वीबासीको जस्तो सन्तुलित हुँदैन । पृथ्वीमा हाम्रो शरीरको भारलाई तल्लो शरीर र खुट्टाहरूले थेगेको हुन्छ । यसरी सन्तुलित हुँदा हाम्रो हड्डी र मांसपेशीहरु बलियो भइराख्छन् ।

तर, अन्तरिक्षमा यसको प्रक्रिया भिन्न हुन्छ । त्यहाँ अन्तरिक्ष यात्रीहरू तैरिन्छन् । तिनीहरूले आफ्नो खुट्टालाई धेरै प्रयोगमा ल्याउँदैनन् । तिनीहरूको खुट्टाको तल्लो भाग विस्तारै कमजोर हुँदै जान्छ । खुट्टाको अरु मांसपेशी पनि त्यस्तै हुन्छन् । तिनीहरुको हड्डीहरू कमजोर र पातलो हुँदै जान्छ । यो अन्तरिक्ष यात्रीहरुको लागि नराम्रो पक्ष हो ।

त्यसो भए, अन्तरिक्ष यात्रीहरूले आफ्नो मांसपेशी र हड्डीहरूले गर्ने काम कसरी गर्छन् । या त्यसलाई फिट गर्न कस्तो उपाय अपनाउँछन् त ? नासाका अनुसार तिनीहरूले प्रत्येक दिन अन्तरिक्षमा नै व्यायाम गर्नुपर्छ । अन्यथा पृथ्वीमा आउँदा पनि ती मांसपेशीहरु कमजोर हुनसक्छन् ।

हृदय र रगत पनि अन्तरिक्ष पुगेपछि पृथ्वीमा हुँदाभन्दा परिवर्तन हुन थाल्छ । जब हामी पृथ्वीमा खडा हुन्छौं रगत आफैं हाम्रो खुट्टा तर्फ जाने गर्छ । मुटुले गुरुत्वाकर्षणको विरूद्ध अतिरिक्त काम गरिरहेको हुन्छ । रगतहरु सम्पूर्ण शरीरमा प्रवाह भइरहेको हुन्छ । अन्तरिक्षमा, गुरुत्वाकर्षणले नतान्दा पनि रगतहरु माथिल्लो शरीर र टाउकोसम्म पुग्ने गर्छ ।

शरीरमा पानीले पनि यस्तै गरी काम गर्छ । यसले अन्तरिक्ष यात्रीको अनुहार पोसिलो वा तेजपूर्ण देखिन्छ । रगत र पानी शरीरमा पाइने तरल पदार्थ हुन् । यी तरल पदार्थहरू शरीरको तल्लो भागबाट माथिल्लो भाग तर्फ जान्छन् । पृथ्वीको तुलनामा अन्तरिक्षमा कम तरलपदार्थको आवश्यकता पर्ने गर्छ । त्यसैले पृथ्वीको जस्तै खाना खाँदा पर्याप्त मात्रामा तरल पदार्थ हुने भएकोले मस्तिस्कले शरीरसँग कम तरल पदार्थ निर्माण गर्न भन्छ ।

अमेरिकाको नेसनल एरोनट्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)ले तयार पारेको प्रतिवेदनमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment