+
+
Shares

रुप ज्योती पक्राउबारे उद्योग वाणिज्य महासंघले भन्यो : हतोत्साहित पार्ने काम नहोस्

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २४ गते २०:३१

२४ कात्तिक, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योगी डा. रुप ज्योती पक्राउको विरोध गरेको छ । आइतबार विज्ञप्ति जारी गर्दै महासंघले ज्योती पक्राउले निजी क्षेत्र हतोत्साहित भएको बताएको छ ।

प्रतिष्ठित उद्योगपतिमाथि विना सोचविचार हतारहतार गरिएको रले निजी क्षेत्र प्रोत्साहित नहुने भन्दै विज्ञप्तिमा उद्योग व्यवसायको विकासमा ठूलो योगदान दिनुका साथै हजारौलाई रोजगारी दिएको, मुलुकलाई प्रत्येक वर्ष ठूलो मात्रामा राजस्व बुझाउने उद्योगपति पक्राउले कसैलाई फाइदा नगर्ने उल्लेख गरेको छ ।

‘उद्योगी/व्यवसायीहरू माथि हुने यस प्रकारको रवैयाले स्वदेशी एवं विदेशी लगानीको वातावरणमा प्रतिकुल प्रभाव पर्न सक्ने सम्भावनातर्फ ध्यानाकर्षण गराउँदै मुलुकभित्रका उद्यमी व्यवसायीलाई राज्यका सवै सरोकारवाला निकायबाट कानुनी शासनको अवधारणा अनुरुप सम्मानजनक व्यवहार गर्न नेपाल उद्योग वाणिज्य महासंघ जोडदार माग गर्दछ’ महासंघको विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?