Comments Add Comment

डडेल्धुरा पुग्यो सेनाको हेलिकप्टर, केसीले भने– म स्वस्थ छु

२५ कात्तिक, काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीलाई लिन नेपाली सेनाको हेलिकप्टर डडेल्धुरा पुगेको छ । तर केसीले भने आफू स्वस्थ रहेको भन्दै अनशन तोड्न र काठमाडौं जान इन्कार गरेका छन् ।

यसअघि डडेलधुरा अस्पतालले केसीको स्वास्थ्य बिग्रिएको भन्दै यहाँबाट अन्तै सार्न भनेको थियो ।

अस्पतालबाट विज्ञप्ति नै सार्वजनिक भएपछि डा. केसीलाई लिन काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टर सोमबार बिहान डडेलधुरा आएको छ । हेलिकोप्टर दहस्थित नेपाली सेनाको ब्यारेकमा बसेको छ ।

तर, डा. केसीले भने आफू स्वस्थ भएको भन्दै डडेलधुरा छाडेर अन्त नजाने बताएका छन् ।

सोमबार बिहान नै शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले डा. केसीलाई अनशन तोड्न आग्रह गरेका थिए । तर, केसीले आफूले अनशन नतोड्ने बताएका छन् ।

बजार क्षेत्र बन्द

डा. केसी चिकित्सा क्षेत्र सुधारको माग राख्दै १८ कात्तिकदेखि अनशनमा छन् । उनी स्वास्थ्यकर्मी नीलकण्ठ भट्टको घरमा अनशन बसेका हुन् । स्वास्थ्यमा समस्या आएको भन्दै उनलाई भट्टको घरबाट जिल्ला अस्पतालमा सारिएको थियो ।

डा. केसीलाई डडेलधुरा जिल्ला अस्पतालबाट पनि अन्यत्र लैजान लागिएको विरोधमा उनका समर्थकहरुले विरोध गर्दै आएका छन् । बजार क्षेत्रको सडकमा टायर बालेर उनीहरुले प्रदर्शन गरिरहेका छन् । डा. केसीका समर्थकहरुको प्रदर्शनका कारण डडेलधुरा बजार सोमबार बिहानैदेखि बन्द छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment