Comments Add Comment

वार्ताबाटै समस्याको समाधान खोज : नेपाल चिकित्सक संघ

२५ कात्तिक, काठमाडौं । नेपाल चिकित्सक संघले अनशनरत डा. गोविन्द के.सी. को जीवन रक्षाका लागि तत्काल वार्ताको माध्यमबाट समस्याको समाधानमा ठोस पहल गर्न सरकारसँग माग गरेको छ ।

संघले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवाका अभियान्ता डा. केसीको डडेल्धुरामा जारी १७ औं आमरण अनशनका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको भन्दै वार्ताको माध्यबाट समस्याको समाधान खोज्न आग्रह गरेको हो ।

यो पनि पढ्नुहोस डडेल्धुरा पुग्यो सेनाको हेलिकप्टर, केसीले भने– म स्वस्थ छु

नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई संविधानको भावना र मर्म बमोजिम स्थानीय तहसम्म पुर्याई सर्वसाधरण नागरिकहरुको सहज पहुँचका निम्ति पटक-पटक शान्तिपूर्ण सत्याग्रहको माध्यमबाट सरकार तथा नीति निर्माण तहमा रहेकाहरुलाई डा. केसीले सजग गराउँदै आएको भन्दै संघले विगतमा भएका सम्झौताहरुको अक्षरस कार्यान्वयन गर्नु नेपाल सरकारको दायित्व भएको विज्ञप्ती मार्फत जनाएको छ ।

डा. केसी चिकित्सा क्षेत्र सुधारको माग राख्दै १८ कात्तिकदेखि अनशनमा छन् । उनी स्वास्थ्यकर्मी नीलकण्ठ भट्टको घरमा अनशन बसेका हुन् । स्वास्थ्यमा समस्या आएको भन्दै उनलाई भट्टको घरबाट जिल्ला अस्पतालमा सारिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment