+
+
Shares

चराङ विमानस्थलको डीपीआर बनाउन सर्वेक्षण   

रासस रासस
२०७६ कात्तिक २५ गते १६:०१

२५ कात्तिक, मुस्ताङ । मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा प्रस्तावित विमानस्थलको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पार्न सर्वेक्षण गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्राविधिक टोली पठाएर विमानस्थलको डीपीआर तयार पार्न सर्वेक्षण गरेको हो । परामर्शदाता कम्पनी आइएफआईडी नेपालका इञ्जिनियर नरेश शिवाकोटीको नेतृत्वमा आएको प्राविधिकको टोलीले तीन दिनसम्म प्रस्तावित विमानस्थलको सर्वेक्षण गरेको छ ।

समुद्री सतहदेखि तीन हजार ५०० मिटरको उचाइमा अवस्थित सिकलिङ थाङ्का र ढुथाङको फाँटमा सर्वेक्षण गरिएको गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिए । प्रस्तावित ठाउँको भौगोलिक अवस्थिति, सम्भाव्यता, क्षेत्रफल र प्राविधिक विषयमा सर्वेक्षण गरिएको हो ।

“यसअघि गत वर्ष पर्यटन मन्त्रालयको टोलीले प्रारम्भिक सर्वेक्षण गरेको थियो”, गाउँपालिकाका अध्यक्ष विष्टले भने “यसपालि डीपीआर बनाउने हिसाबले मन्त्रालयले अध्ययनका लागि प्राविधिक पठाएको हो ।” दुई किलोमिटरभन्दा लामो दूरीको समथर फाँट भएकाले विमानस्थलको धावन मार्गका लागि उपयुक्त हुने बताइएको छ ।

प्रतिवेदन तयार पार्न तीन महिनाभन्दा बढी समय लाग्ने टोलीले जनाएको छ । यही कात्तिक ११ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसहितको टोलीले चराङको निरीक्षण गरेको थियो ।

मन्त्रीले निरीक्षण गरेर गएको दुई हप्तामै डीपीआर बनाउन प्राविधिक टोली खटिएको हो । उपल्लो मुस्ताङका बासिन्दा तथा छोटो अवधिका लागि भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरेर चराङमा विमानस्थल बनाउन चुनावमा गरेको गरेको प्रतिबद्धताअनुसार पहल गरेको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताए ।

“अनुकूल भूगोल र पर्याप्त जग्गा भएका आधारमा चराङमा विमानस्थल निर्माण गर्न सकिन्छ”, सांसद तुलाचनले भने “दामोदर कुण्डमा भक्तजन, उपल्लो मुस्ताङमा पर्यटक भित्र्याउन तथा जनजीवनलाई सहज बनाउन विमानस्थलले सहयोग पुर्‍याउने छ ।”

जोमसोम हुँदै सडक मार्ग भएर उपल्लो मुस्ताङ भ्रमणमा जान धेरै समय लाग्ने र यातायातको सहज सुविधा नभएकाले पर्यटकहरुलाई समस्या भएको छ । कलात्मक पहाड, उजाड मरुभूमि जस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्वका दरबार, गुफा, गुम्बा, छोर्तेन, कोरला नाका उपल्लो मुस्ताङको पर्यटकीय आकर्षण हो ।

उपल्लो मुस्ताङको समृद्धि र विकासका लागि हवाई सेवा आवश्यक भएको गण्डकी प्रदेशका प्रदेशसभा सदस्य इन्द्रधारा विष्टको भनाइ छ । सरकारले पर्यटन विकासका लागि विमानस्थल निर्माण र उत्तरी कोरला नाका खोल्न सडक विस्तार गरिरहेको उनले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?