Comments Add Comment

सागका लागि फुटबल टिमको घोषणा, विकेश, विक्रम र सुजल पनि अटाए

२५ कात्तिक, काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा फुटबलका लागि नेपाली यू–२३ टिमको घोषणा भएको छ ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले सोमबार यू–२३ टिमको घोषणा गरेको हो । गोलकिपर विकेश कुथु तथा मिडफिल्डर विक्रम लामा र सुजल श्रेष्ठलाई पनि टिममा समावेश गरिएको छ । २३ वर्ष भन्दा माथिका तीन जना खेलाडी समावेश गर्न पाइने नियम अनुसार उनीहरुलाई टिममा राखिएको हो ।

नेपालमा साग यही मंसिर १५ देखि २४ गतेसम्म पोखरा र काठमाडौंमा हुदैछ ।

मुख्य प्रशिक्षक बालगोपाल महर्जनले लामो समयदेखि तयारी भइरहेको हुदा राम्रो नतिजा राम्रो ल्याउने प्रशिक्षक महर्जनले बताएका छन् ।

नेपाली टिम

गोलपिकर : विकेश कुथु, अर्पण कार्की, दीप कार्की
डिफेन्डर : अनन्त तामाङ, दिनेश राजवंशी, सुमन अर्याल, विकास खवास, मिचेन तामाङ, छिरिङ गुरुङ
मिडफिल्डर : सुजल श्रेष्ठ, सुनिल बल, विक्रम लामा, हेमन्त थापामगर, नितिन थापा, सेसेहाङ आम्दाङ्बे, तेज तामाङ
फरवार्ड : विमल घर्तिमगर, अभिषेक रिजाल, रेजिन सुब्बा, अञ्जन विष्ट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment