२५ कात्तिक, काठमाडौं । नेपाली युवा टिमले यू-१९ च्यालेन्जर्स क्रिकेटमा हार ब्यहोरेको छ ।
आज भएको आफ्नो पहिलो खेलमा नेपालले भारत ‘सी’ टिमसँग १० विकेटको फराकिलो अन्तरले हार ब्यहोरेको हो । ११५ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतीय युवा टिमले २२.१ ओभरमा विना विकेट लक्ष्य भेटायो ।
भारतका लागि अर्जुन अजादले ६७ रन बनाउँदा अजय कुमार सक्सेनाले अविजित ५२ रन बनाए ।
यसअघि टस जितेर ब्याटिङ गरेको नेपालले ३२.१ ओभरमा सबै विकेटको क्षतिमा ११४ रन बनाएको थियो । कुशल मल्लले २६, शेर मल्लले १४ र अरुण ऐरीले १३ रन बनाएका थिए ।
प्रतिक्रिया 4