Comments Add Comment

पार्टी नेतृत्वलाई नेविसंघ नेताको प्रश्न-‘नेतृत्व विहीन अवस्था कहिलेसम्म ?’

२५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस निकट विद्यार्थी नेताहरुले नेपाल विद्यार्थी संघलाई पार्टी नेतृत्वले ‘नेतृत्व विहीन अवस्था कहिलेसम्म ?’ राख्ने भन्दै पार्टी नेतृत्वलाई प्रश्न गरेका छन् ।

सोमबार राजधानीको पद्मकन्या क्याम्पसमा अन्तर्क्रिया कार्यक्रम गरी विगत देखि नै नेविसंघप्रति आबद्ध रहँदै आएका विद्यार्थी नेताहरुले पार्टी नेतृत्व सामू नेतृत्व विहीन अवस्थामा विद्यार्थी संगठनलाई कहिलेसम्म राख्ने भन्दै प्रश्न गरेका हुन् ।

अन्तर्क्रियामा नेविसंघको विधान विपरित तदर्थ समिति आउन लागेको भन्दै सहभागीले आक्रोश समेत पोखेका छन् । नेविसंघ गठनका विषयमा ३२ वर्षे उमेर हद्को विषयलाई लिएर कांग्रेसभित्र विवाद देखिँदै आएको छ । कांग्रेसले नेविसंघको विधानलाई पछिल्लो पटक संसोधन गरेर ३२ वर्ष मुनिबाट मात्रै नेतृत्व चयन गर्ने गरी व्यवस्था गरिसकेको छ । तर पार्टी नेतृत्वले भने आगामी महाधिवेशनसम्मका लागि महाधिवेशन सम्पन्न गर्ने म्याण्डेड दिएर ३२ वर्ष माथिको नेतृत्व ल्याउने तयारी गरिरहेको छ ।

अन्तर्क्रिया कार्यक्रमका संयोजक एवं निवर्तमान केन्द्रिय सदस्य शुशिल भट्टले विद्यार्थीको संगठनमा अनावश्यक रुपमा पार्टी नेतृत्वले हस्तक्षेप गरेर संगठनलाई नेतृत्व विहीन अवस्थामा राख्दा संगठनका लागि प्रश्न गर्नु पर्ने अवस्था आएको बताए ।

कार्यक्रममा नेविसंघ पूर्व उपाध्यक्ष रामप्रसाद अधिकारी, पूर्व सहमहामन्त्री डिल्लिराम सुबेदी, बलदेव तिमल्सिना, विद्यार्थी नेताहरु निरञ्जन थापा, भागवत रेग्मी, उमेश थापामगर, इश्वर अधिकारी , शैलेन्द्र शर्मा गौडेल, नवराज त्रिपाठी लगायतले नेतृत्व विहीन अवस्था कहिलेसम्म भनि प्रश्न राखेका थिए ।

कार्यक्रममा बोल्ने विद्यार्थी नेताहरुले भारत तथा चीनले नेपाली भूमिमाथी गरेको हस्तक्षेपकाविरुद्ध समेत एक भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment