Comments Add Comment

काठमाडौंमा ८ दिने ईम्प्याक्ट विक कार्यशाला

२५ कात्तिक, काठमाडौं । काठमाडौंमा उद्यमशिलता र नविनतामा आधारित ईम्प्याक्ट विक कार्यशाला शुरु भएको छ । सोमबारदेखि जर्मनीको लुफ्थान्सा ग्रुप र काठमाडौंको किङ्ग्स कलेजको सहकार्यमा उक्त गैर–नाफामुखी कार्यक्रम सुरु भएको हो । ८ दिनसम्म चल्ने उक्त कार्यशाला विभिन्न २ चरणमा संचालित हुनेछ ।

कार्यशालाको पहिलो चरणमा लुफ्थान्सा एअरलाइन्स ग्रुपका सातजना यूरोपेली प्रशिक्षकहरुले १८ जना नेपाली शिक्षक तथा ºयाकल्टी सदस्यहरुलाई ‘डिजाइन थिङ्कीङ’ विधिबारे प्रशिक्षण दिनेछन् ।

यस्तै दोश्रो चरणमा ति प्रशिक्षण प्राप्त गर्ने १८ जना नेपाली शिक्षक तथा फ्याकल्टी सदस्यहरुले यूरोपेली प्रशिक्षकहरुको अनुगमनमा विभिन्न कलेज तथा पेशा वा उद्यम पृष्ठभूमिका अन्य १ सय २० जना विद्यार्थी तथा प्रोफेसनलहरुलाई ‘डिजाइन थिङ्किङ’ विधिको प्रयोगद्धारा स्थानीय तथा राष्ट्रियस्तरमा जल्दाबल्दा चुनौतीहरुलाई कसरी समाधान गर्ने भन्नेबारे तालिम प्रदान गर्नेछन् ।

उक्त कार्यशालाको अन्त्यमा सबै १८ जना विद्यार्थी तथा प्रोफेसनलहरुले कृषि, पर्यटन, यातायात, कला तथा संस्कृति र स्वास्थ्य तथा शिक्षा गरी ६ वटा क्षेत्रहरुसँग सम्बन्धित दिइएको समस्याहरुको समाधानको लागि नविन उपायहरु प्रस्तुत गर्नेछन् ।

यसरी प्रस्ताव गरिने उपायहरुमध्ये तीनवटा उत्कृष्ट उपायहरु कार्यान्वयनको लागि उपहारस्वरुप आर्थिक सहायता प्रदान गरिनेछ । लुफ्थान्सा ग्रुपको सामाजिक सहायता निकाय – हेल्प अलायन्स – र नेपालस्थित जर्मनी दूतावासका साथसाथै विभिन्न यूरोपेली बहुराष्ट्रिय कम्पनीहरुका प्रतिनीधिहरु कार्यशालाका लागि काठमाडाैंमा भेला भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment