Comments Add Comment

नेपाल क्लियरिङ हाउस लिमिटेडको आठौं वाषिर्क साधारणसभा

२५ कात्तिक, काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेडले आफ्नो आठौं वाषिर्क साधारण सभा होटेल क्राउन इम्पेरियल, काठमाडांैमा सम्पन्न गरेको छ । बैठकले कम्पनीको चुक्ता पूँजी रु. २१.६ करोड रहेकोमा ३८ प्रतिशत बोनस शेयर वितरण गरी रु. २९.८ करोड पुर्याउने निर्णय गरेको छ ।

साथै बोनस शेयर ट्याक्स प्रयोजनका निम्ती २ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ । कम्पनीको अधिकृत पूँजी पनि वृद्धि गरी ५० करोड पुर्याइने निर्णय गरेको छ । आव २०७५/७६ मा कम्पनीले खुद नाफा रु. २३७,७३५,७८६ गरेको छ ।

कम्पनीले पूँजी वृद्धि गरी भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु ल्याउने तथा जोखिम व्यवस्थापना सुढृढ बनाउने योजना बनाएको छ । नेपाल राष्ट्र बैंकको नियमअनुसार नेपाल भित्र कार्य गर्ने भुक्तानी प्रणाली सन्चालक -पिएसओ) को चुक्ता पुँजी कम्तिमा १० करोड तथा नेपाल बाहिर कार्य गर्नका लागी २५ करोड रहनु पर्ने ब्यवस्था रहेको छ ।

आ.व. २०७५/७६मा एनसीएचएल-ईसीसीमार्फत कुल ११,७५५,०७२ चेक राफसाफ भएको थियो भने अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली एनसीएचएल-आईपीएसबाट ४,९३१,९५० तथा कनेक्ट आईपीएस ई पेमेन्टप्रणाली मार्फत १८६,०४१ भुक्तानी कारोबारहरु भएको थियो ।

कम्पनीले आफ्नो भुक्तानी प्रणालीहरु मार्फत आ.व. २०७५/७६ मा कुल ९२ खर्ब बराबरको भुक्तानी कारोबारहरु राफसाफ गरेकोमा दैनिक औसत कारोवार ६७,४७९ रहेको थियो, जुन औसत दैनिक रकम रु.३६.८५ अर्ब रहेको थियो ।
हाल८० सदस्य बैंक तथा वित्तीय संस्थाहरुका ५,००३ शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदान गरिरहेको छ भने कम्पनीमा २२ गैर-बैंकिङ संस्थाहरु ईन्डिरेक्ट/टेक्निकल मेम्बरको रुपमा आवद्ध छन् ।

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड, नेपाल राष्ट्र बैंक -१०प्रतिशत), बैंक तथावित्तीय संस्थाहरु -८०प्रतिशत)े र स्मार्ट च्वाइस टेक्नोलोजिज् प्रा.लि. -१० प्रतिशत) द्वारा प्रवर्द्धित कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment