
करिब १ बर्षअघि एक कार्यक्रममा भेटपछि नजिकिदएका नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठको प्रेम अहिले गहिरो छ । उनीहरुले सार्वजनिक रुपमा नै प्रेम स्विकार गरिसकेका छन् ।
यो जोडीले अब प्रेम सम्बन्धलाई बैबाहिक जीवनमा परिणत गर्ने तयारी समेत गरेको छ । नायिका आँचल शर्माका अनुसार उनीहरु यो बर्ष नै बिहेको तयारीमा छन् । आँचलले फागुणमा आफूहरुले बिहे गर्ने जानकारी दिएकी छिन् ।
अनलाइनखबरसँग उनले भनिन्–‘हामीले फागुणमा बिहे गर्ने तयारी गरेका छौ । कुन दिन बिहे हुन्छ पक्का भएको छैन ।’ नायिका शर्माले अहिले ‘झिंगे दाउ’ नामक चलचित्र साइन गरेर बसेकी छिन् । उनले, बिहे अगाडि पनि राम्रो चलचित्रको अफर आएको खण्डमा गर्ने बताइन् ।
चलचित्र ‘नाई नभन्नु ल ४’बाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी आँचल अहिले म्यूजिक भिडियोमा व्यस्त छिन् । उदिपसँग प्रेममा परेपछि आँचलको सामाजिक संजाल दुइको तस्वीरले बढी रंगिने गरेको छ ।
यो बर्ष नै नायिका ऋचा शर्माले पनि बिहे गर्ने तयारी गरेकी छिन् । यसैले, यो बर्ष नेपाली चलचित्र क्षेत्रका दुई नायिकाको बिहे हुने पक्का भएको छ ।
प्रतिक्रिया 4