Comments Add Comment

बच्चाले आमा कि बाबुबाट सिक्छन् ?

अध्ययन भन्छ, बच्चाको बोलीमा बाबुको प्रभाव

सामान्य रुपमा हेर्दा सबैलाई थाहा हुन्छ आमा नै बच्चाको लागि सबैभन्दा नजिक र पि्रय हुन्छिन् । बच्चा ५ वर्षको उमेरसम्म नपुग्दा आमालाई नै आफ्नो रोलमोडल सम्झन थाल्छ । आमाकै हरेक पदचापहरुलाई औल्याउँदै हिँड्ने गर्छ । बच्चा जन्मिएर आफैं हिँड्न नसक्ने हुँदासम्म धेरै बच्चाको साहारा आमा नै हुन्छिन् । करबल गरेर खाना खुवाउनेदेखि हरेक सरसफाइका गतिविधिहरुमा आमाको नै संलग्नता हुन्छ । तर, बच्चाको बोली विकासमा आमा र बाबुको मध्ये कसको प्रभाव बढी होला ? माथिका सबै गतिविधिहरुलाई हेरेपछि धेरैले भन्छन् अवश्यपनि आमाकै प्रभाव हुन्छ ।

तर, एउटा अध्ययनले धेरैको अनुमान असफल गराउने गरी नयाँ अध्ययनको प्रतिवेदन सार्वजनिक गरेको छ । जस अनुसार बच्चाको बोलीको विकासमा आमाको भन्दा बाबुको प्रभाव बढी हुने पाइएको छ । यो एक अन्तराष्टि्रय मनोविज्ञान सम्बन्धी संस्थाले गरेको अध्ययनको निष्कर्ष हो । जुन क्रममा धेरै बच्चाहरुमा आमाकोभन्दा बाबुको प्रभाव धेरै भएको देखिएको छ । न्युयोर्क टाइम्समा प्रकाशित एक रिपोर्टका अनुसार सँगै काम गर्ने दुई अभिभावकमध्ये बच्चाहरुले आमाकोभन्दा बाबुको प्रभाव बढी ग्रहण गरेको भेटिएको छ ।

यो अध्ययन विभिन्न मनोवैज्ञानिकहरुको संलग्नता रहेको एप्लाईड डेभलपमेन्ट अफ साइकोलोजी नामक संस्थाले गरेको हो र उसले आफ्नो जर्नलमा प्रकाशित गरेको न्युयोर्क टाइम्सले जनाएको छ । यो अध्ययन मध्यम वर्गीय र उच्च वर्गीय परिवारका सदस्यहरुमा गरिएको थियो ।

अन्वेषकहरुले विभिन्न ११ शिशु हेरचाह केन्द्रबाट ९२ वटा परिवारका अभिभावकहरुलाई यो अध्ययनमा समावेश गरेका थिए । अध्ययनमा समावेश गरेका सबै बच्चाहरुको उमेर एक वर्षभन्दा कमको थियो । यो अध्ययन गर्नुपूर्व हरेक परिवारलाई उनीहरुको आय स्तर र अध्ययनको अवस्थाको बारेमा जानकारी लिइएको थियो । जस अनुसार सबै परिवारहरु उच्च शिक्षित परिवारका र मध्यम आय भएकाहरु थिए । अध्ययनमा समावेश भएकाहरु सबै एउटै परिवारमा बस्ने गरेका थिए । यो अध्ययन सम्बन्धी रिपोर्ट ‘द जर्नल अफ एप्लाईड डेभलपमेन्ट साइकोलोजी’ नामक जर्नलको नोभेम्बरको अंकमा प्रकाशित छ ।

अध्ययनको क्रममा अध्ययनकर्ताले अभिभावकहरुको कूल संख्या, उनीहरुको प्रश्न सोधाईको शैली, शब्दको संख्या, वाक्यको जटिलता आदिलाई मापनको माध्यम बनाएको थियो । यसबाट बच्चासँग आमाहरु बाबुको तुलनामा धेरै बोल्ने गरेको पाइएको छ । तर, दुबैजनाले सोधेको प्रश्न र उनीहरुको बच्चासँग देखिएको जिज्ञासामा भने खासै फरक थिएन । मात्रै भिन्नता थियो त प्रस्तुतिमा । बाबुले हरेक प्रश्नलाई सिधा सिधा सोधेका थिए भने आमाले त्यसैलाई लम्ब्याएर सोधेकी थिइन् । आमाले र बाबुले धेरै शब्द र प्रस्तुतिमा धेरै फरकपना ल्याउने प्रयास गरेका थिए ।

अन्त्यमा सो सोध संस्थाले सबै बच्चा ३ वर्षको भएपछि बाबुको शैली, शब्द र ज्ञानको स्तर एवं आमाको शैली, शब्द र ज्ञानको स्तरमध्ये बच्चामा कुन बढी भयो भनेर अध्ययन गरेको थियो । जसमा आमाको कम र बाबुको शैली, शब्द एवं ज्ञानको स्तर धेरै भएको देखिएको छ ।

यस्तो परिणाम आएपछि अध्ययनकर्ताहरु आफैंपनि अचम्ममा परेका छन् । उनीहरु कसरी आमाकोभन्दा बाबुको बढी बच्चामा प्रभाव पर्‍यो भन्नेबारेमा आफ्नै अध्ययनलाई समेत घुमाउरो पाराले विश्लेषण गर्ने गरेका छन् । ‘यो सबैले बुझ्दै आएको कुरा हो र राम्रोसँग स्थापित कुरा पनि हो कि बच्चामा आमाको भाषाले प्रभाव पार्छ’ सो अध्ययनकी प्रमुख नाड्या पनकसोफारले भनिन् ‘यो अध्ययनमा उच्च कार्यरत आमाहरूले आˆना बच्चाहरूको बोली विकासमा पहिले नै कडा प्रभाव पारेका हुनसक्छन् ।

देखिनेबेलामा बाबुको धेरै प्रभाव देखियो । तर, हरेक बच्चाहरुलाई बाबुले सिकोउने ज्ञानमा आमाको पनि अदृश्य योगदान हुनसक्ने उनको बुझाई छ । पनसोफरले भनिन् ‘वा हुन सक्छ कि आमाहरूले अध्ययनमा नपढाएको तरिकाले योगदान गरिरहेका हुन्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment