+

पाकिस्तान फाइनल नपुगे टी–२० विश्वकपको फाइनल अहमदाबादमा हुने

२०८२ कात्तिक  २० गते २१:५२ २०८२ कात्तिक २० गते २१:५२
पाकिस्तान फाइनल नपुगे टी–२० विश्वकपको फाइनल अहमदाबादमा हुने

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आईसीसीले भारतका पाँच शहर र श्रीलंकाका दुई मैदानलाई पुरुष टी–२० विश्वकप २०२६ का लागि चयन गरेको छ।
  • फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने प्रतियोगिताको फाइनल अहमदाबादमा हुने तय भएको छ, तर पाकिस्तान फाइनलमा पुगेमा खेल श्रीलंकामा हुनेछ।
  • विश्वकपमा २० टिम सहभागी हुनेछन् र नेपाल पनि छनोट प्रतियोगिताबाट छनोट भएको छ।

२० कात्तिक, काठमाडौं । भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने आईसीसी पुरुष टी–२० विश्वकप २०२६ का लागि आईसीसीले भारतका पाँच खेल मैदान र श्रीलंकाका दुई मैदान ‘शर्टलिस्ट’ गरेको छ।

भारतका पाँच सहरहरू: अहमदाबाद, दिल्ली, कोलकाता, चेन्नई र मुम्बई तथा श्रीलंकामा कोलम्बो र क्यान्डीमा खेल हुने तय गरिएको हो ।

फेब्रुअरी ७ देखि मार्च ८ सम्म हुने प्रतियोगिताको फाइनल खेल अहमदाबादस्थित नरेन्द्र मोदी रंगशालामा हुने तय भएको छ। त

र, पाकिस्तान फाइनलमा पुगेमा उक्त खेल श्रीलंकामा हुनेछ, किनभने भारत र पाकिस्तानबीच सहमति अनुसार उनीहरू एकअर्काको देशमा न्यूट्रल (तटस्थ) मैदानमा मात्र खेल्ने छन्।

यो विश्वकपमा पनि अघिल्लो संस्करणझैं २० टिम सहभागी हुनेछन्। चार समूहमा पाँच–पाँच टिम रहनेछन्। प्रत्येक समूहका शीर्ष दुई टिम सुपर ८ मा पुग्नेछन् र त्यसपछि सेमिफाइनल हुँदै फाइनल खेलिनेछ।

भारत र श्रीलंका बाहेक अफगानिस्तान, अष्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज स्वत: छनोट भएका छन् ।

त्यस्तै वरियताका आधारमा न्युजिल्यान्ड, पाकिस्तान र आयरल्यान्ड छनोट भएका छन् भने छनोट प्रतियोगिता खेलेर अमेरिका क्षेत्रबाट क्यानडा, युरोपबाट इटाली र नेदरल्याण्ड्स, अफ्रिकाबाट नामिबिया र जिम्बाबे तथा एसिया-ईएपीबाट नेपाल, ओमान र युएई छनोट भएका छन् ।

भारत हालको उपाधि विजेता हो जसले २०२४ मा बार्बाडोसमा दक्षिण अफ्रिकालाई पराजित गर्दै विश्वकप जितेको थियो।

-क्रिकइन्फोबाट

आईसीसी टी-२० विश्वकप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय