Comments Add Comment

सांसदलाई पर्यटनमन्त्रीको जवाफ : एयरपोर्टमा भीआईपी सुविधा नपाउँदैमा सानो भइँदैन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलको भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा सानो नठान्न सांसदहरुलाई आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिमा उनले भीआईपी कक्ष प्रयोग गर्न नपाउँदैमा सानो नठान्न आग्रह गरे ।

बैठकमा सांसदहरुले विमानस्थलका सुरक्षाकर्मी र कर्मचारीले सांसदलाई नचिनेर चेक गर्ने, कडा बोल्ने, मर्यादा नगर्ने गरेको भन्दै पर्यटनमन्त्रीसँग गुनासो गरेका थिए ।

जवाफमा मन्त्री भट्टराईले भीआईपी कक्ष प्रयोगलाई प्रतिष्ठासँग जोड्न नहुने आग्रह गरेका थिए । म मन्त्री हुनुअगाडि त्रिभुवन विमानस्थलमा कहिले पनि भीआईपी मार्ग प्रयोग गरिन, सधैं सामान्य नागरिकसरह यात्रा गरेँ, त्यसरी यात्रा गर्दा सानो भइदैन’ उनले भने ।

भीआईपी सुविधा प्रयोगका लागि मापदण्ड रहेको भन्दै मन्त्री भट्टराईले त्यसलाई पालना गर्न आग्रह गरे । ुमापदण्डमा कसले कति जना सम्म आफन्त लैजाने भन्ने प्रष्ट छ, त्यसलाई पालना गरौु, उनले भने, ुमापदण्ड विपरीत गर्न खोज्दा कर्मचारीलाई धम्क्याउने, जागिर खाइदिन्छु भन्दै थर्काउने प्रचलन छ, यस्तो नगरौं । भीआईपीले आफ्नो चेतना बढाएको अवस्था मात्र पनि धेरै समस्या समाधान हुने मन्त्री भट्टराईले बताए ।

छलफलमा सांसदहरुले विमानस्थलमा विद्यमान समस्या, नेपाल वायुसेवा निगमको सुधार, बन्दै गरेका विमानस्थल पूर्वाधार, उडान अवतरणमा भइरहेको डिले जस्ता विषयमा सरकारको धारणा मागेका थिए । पर्यटन मन्त्रालयका सचिब केदारबहादुर अधिकारीले पूर्वाधार निर्माणका काम जारी रहेका कारण केही समय सास्ती हुने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment