+
+
Shares

६३ बर्षमा हरिवंश, भन्छन्–‘सबैको मायाले झन् जवान हुँदैछु’

मदनले भने–‘हाम्रो मित्रता एउटा इतिहास हो’

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २७ गते १५:१८

हाँस्य कलाकार हरिवंश आचार्यको ६३ औं जन्मदिनको अवसर पारेर रेडियो अडियोले आयोजना गरेको कार्यक्रममा नेपाली हाँस्यब्यङ्ग्य क्षेत्रका अधिकांश परिचित अनुहारको उपस्थिती थियो । नयाँ बाँनेश्वरमा आयोजना भएको जन्मदिन सेलिव्रेश कार्यक्रममा हरिवंश भावुक देखिए ।

छेउमै रहेका साथी मदनकृष्ण श्रेष्ठको कुरा सुनिसकेपछि हरिवंशले भने–‘मलाई पहिले–पहिले मह संचार भनेको थोरै मानिसहरुको समुह मात्र लाग्थ्यो । तर, अहिले त मह संचार सबैको परिवार भएको छ । यसको लोकप्रियतालाई अब कसैले पनि कम आँकलन गर्न सक्दैन ।’

नेपाली चलचित्र क्षेत्रमा नै हाँस्य चलचित्रको रस गडेको भन्दै हरिवंशले यो कुराले आफूलाई झनै उर्जा मिल्ने बताए । उनले, चलचित्र क्षेत्रका लागि सुनौलो यूग सुरु हुन लागेको समेत तर्क गरे । क्लिन फिड लाग्नु, विदेशी चलचित्रमाथि कोटा प्रणालीको कुरा आइरहनुले पनि अब यो क्षेत्र झनै बलियो हुने उनको दाबी थियो ।

अहिले यूग प्रविधीको यूग भएको भन्दै हरिवंशले अहिलेका हाँस्य कलाकारहरुबाट आफूहरुले धेरै कुरा सिक्ने बताए । उनले भने–‘हामीले कसैको सफलतामा डाहा गर्ने भन्ने कुरा नै आउँदैन । अहिले त जो सफल भएपनि हामीहरु नै सफल भएजस्तो लाग्छ ।’

हरिवंशले मह संचार र मह जोडीको बिषयमा कुनै न कुनै व्यक्तिलाई लेख्न करै लाग्ने दाबी समेत गरे । यस्तै, मह जोडीका ‘म’ अर्थात मदनकृष्ण श्रेष्ठले आफू र हरिवंशको मित्रता एउटा इतिहास भएको बताए । उनले भने–‘मेरो र हरिवंशको मित्रतालाई अब कसैले पनि छुटाउन सक्दैन । अब, जती बर्ष यो मित्रता रहन्छ एउटा इतिहास बनेर रहन्छ ।’

जन्मदिन सेलिव्रेशन कार्यक्रममा हाँस्य कलाकारहरु किरण केसी, दिपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, कुञ्जना घिमिरे, सन्दिप क्षेत्री, हरिवंशकी पत्नी रमिला, नायिका आँचल शर्मा लगायतले शुभकामना दिएका थिए ।

सो अवसरमा हाँस्य कलाकार केदार घिमिरे, दीपाश्री निरौलाले ‘हरि भजन’ प्रस्तुत गरेका थिए ।

वि.सं २०१४ साल कात्तिकको २७ गते जन्मिएका हरिवंश नेपाली हाँस्य व्यङ्ग्य क्षेत्रमा सबैले उच्च स्थानमा राखेको नाम हो । हरिवंश पछिल्लो समयमा चलचित्र निर्माण, अभिनय, विज्ञापन निर्माणमा बढी व्यस्त छन् ।

तस्वीरः शंकर गिरी

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?