Comments Add Comment

आइफोन प्रयोगकर्तालाई दु:ख दिँदै फेसबुक भाइरस

प्रयोगकर्ताहरुको सुरक्षा तथा गोपनीयताको विषयलाई लिएर सोसल मिडिया प्लाटर्फम फेसबुक फेरि एकपटक विवादमा तानिएको छ ।

विभिन्न मुलुकहरुमा आइफोन प्रयोगकर्ताले फेसबुक भाइरसका कारण समस्या बेहोर्नुपरेको छ ।

आइफोन प्रयोगकर्ताहरुले फेसबुकको न्यूजफिड स्क्रल गरिरहेको बेला फोनको क्यामरा पृष्ठभूमिमा आफै खुल्ने समस्या देखा परेको छ ।

आइफोन प्रयोगकर्ताहरुले आफ्नो आइफोनमा फेसबुक एप खोल्दा क्यामरा पनि आफसे आफ खुल्ने गरेको गुनासो गरेका छन् ।

जोशुआ मेडक्स नामका एकजना ट्वीटर प्रयोगकर्ताले फेसबुकमा रहेको एउटा भाइरसका कारण यस्तो भएको खुलासा गरेका छन् । उनका अनुसार उक्त भाइरसले फेसबुक चलाइरहेको बेला निकै तीव्र गतिमा क्यामराको प्रयोग गरिरहेको छ ।

फेसबुकले पनि आइफोन प्रयोगकर्ताहरुले भोग्नु परेको यो समस्या एक बगका कारण भएको बताएको छ । साथै यस विषयमा अनुसन्धान भैरहेको पनि फेसबुकका अधिकारीले जनाएका छन् । फेसबुकले यस्तो बगका बारेमा जानकारी दिएकोमा आइफोन प्रयोगकर्ताहरुलाई धन्यवाद पनि दिएको छ ।

फेसबुकका अनुसार एप्पलको आइओएस १३ अपरेटिङ सिस्टम भएका डिभाइसमा फेसबुक चलाउँदा यस्तो समस्या देखिएको छ । फेसबुकको आइओएस एपमा अघिल्लो हप्ता देखिएको समस्या समाधानका क्रममा सफ्टवेयर त्रुटीका कारण क्यामरा खुल्ने समस्या देखिएको र पछिल्लो बगको समाधानका लागि काम भैरहेको पनि फेसबुकले जनाएको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment