Comments Add Comment

सल्भालाई महंगो पर्‍यो ट्वीट, चेल्सीविरुद्ध खेल्न नपाउने

काठमाडौं । म्यानचेष्टर सिटीका फवार्ड बर्नाडो सिल्भामाथि एक खेलको प्रतिबन्ध र ५० हजार पाउण्ड जरिवाना लागेको छ ।

टिममेट बेनमिन मेन्डीबारे गरेको ट्वीटलाई लिएर एफएले उनीमाथि कारबाही गरेको हो । सिल्भाले मेण्डीलाई कोङग्विेटोसको चरित्रसँग तुलना गरेका थिए, जुन स्पेन र पोर्चुगलमा पाइने गुलियो पदार्थको ब्राण्ड हो ।

यो ट्वीट उनले पोष्ट भएको ४६ मिनेटपछि डिलिट गरेका थिए । एएफएले यो दुई नजिकका साथीहरुबीच भएको हाँसिमजाक भएको स्वीकार गरेको छ । तर ६ लाख फलोअर भएको सामाजिक सञ्जालमा पोष्ट रंगभेदी भएकाले कारबाही गरिएको एफएले प्रष्ट पारेको छ ।

अब उनले प्रिमियर लिगमा चेल्सीविरुद्ध २३ नोभेम्बरमा हुने खेल गुमाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment