+
+
Shares

हिमाल हेरेर बंगलादेशी राष्ट्रपति मोहित, गाउँपालिकाले दियो ठेकी उपहार

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक २८ गते १६:५१

२८ कात्तिक, काठमाडौं । नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद बिहीबार कास्कीको रुपाकोट पुगेका छन् । हेलिकप्टरबाट पोखरा विमानस्थल पुगेका उनी फेवातालमा जलविहार गरेपछि रुपाकोटतर्फ गएका थिए ।

रुपाकोट रिसोर्टमा झण्डै डेढ घण्टा बिताएका उनले हिमाल र तालको विषयमा चाख मानेर सोधेका थिए । उनले हिमालको दृश्यावलोकन पनि गरे । नेपालको पहाडी क्षेत्रमा खानेपानी र सडक सुविधा कसरी पुर्‍याइयो भन्ने विषयमा राष्ट्रपति हमिदले चासो राखेका थिए ।

राष्ट्रपति हमिदसँग संघीय सरकारका भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, गण्डकी प्रदेशका भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, आन्तरिक मामिलामन्त्री हरिबहादुर चुमान, प्रतिनिधिसभा सदस्य खगराज अधिकारीसँगै रुपाकोट पुगेका थिए ।

बंगलादेशी राष्ट्रपतिले आफू हिमाल र ताल हेरेर मोहित भएको बताएका गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री चुमानले बताए । राष्ट्रपतिका लागि घाटु, सोरठी, मुसलमान समुदायको झाँकीसहित स्वागत र बिदाइ गरिएको थियो ।

राष्ट्रपति हमिदलाई रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले परम्परागत रुपमा उत्पादन हुँदै आएको दारको ठेकी उपहार दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?