
२८ कात्तिक, काठमाडौं । सरकारले काठमाडौंका ट्याक्सी चालकलाई विदेशी पर्यटकलाई गर्ने व्यवहारसम्बन्धी तालिम दिने भएको छ ।
नेपाल आएका विदेशी पाहुनालाई गर्ने व्यवहार, सत्कार र सम्मानबारे तालिम दिन लागिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिएका छन् । उनका अनुसार नेपालमा सञ्चालित सार्वजनिक गाडीमा अब भ्रमण वर्षको प्रचार सामग्री टाँसिने छ ।
बिहीबार आयोजित कार्यक्रममा मन्त्री भट्टराईले यातायात व्यवसायीलाई भ्रमण वर्ष २०२० को स्टीकरलगायतका सामग्री हस्तान्तरण गरे ।
मन्त्री भट्टराईका अनुसार करीव ३ लाख सार्वजनिक सवारीमा अब नेपाल भ्रमण वर्षका प्रचार सामग्री टाँसिनेछ । चालक र सहचालकलाई सरसफाइसम्बन्धी तालिमसमेत दिने तयारी भ्रमण वर्ष सचिवालयले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4