Comments Add Comment

ब्याडमिन्टनमा नेपालको निराशाजनक प्रदर्शन

२८ कात्तिक, काठमाडौं । योनेक्स सनराइज नेपाल अन्तर्राष्ट्रिय च्यालेञ्ज २०१९ ब्याडमिन्टन प्रतियोगिताको दोस्रो दिन नेपाली खेलाडीको प्रदर्शन निराशाजनक रह्यो । पहिलो दिन जित निकालेका दिपेश धामी र विष्णु कटुवालले दोस्रो दिन आफ्नो लय कायम राख्न सकेनन् ।

विष्णु कोरियाका यु जिन सोन संग २३¬–२१, २१–१७ र दिपेश भियतनामका खेलाडी साव सुङ्ग फामसंग २१–१३, १७–२१, २१–४ ले पराजित हुन पुगे । फाम यस च्याम्पियनसिपमा छैटौं वरियता प्राप्त खेलाडी हुन् ।

यस्तै अघिल्लो दिन वाकओभर प्राप्त गर्दै दोस्रो चरण पुगेका नविन श्रेष्ठ भारतका सहर्ष मोहनसँग पराजित भए । महिला एकलमा सिता राई थाइल्याण्डकी पोर्नतिप बुरानाप्रसेर्तुक संग २१–३, २१–४ ले पराजित भइन् ।

अधिल्लो दिन सिता भुटानकी फुन्सटो चोदेन थिङ्गलाई २१–१८, २१–१७ ले पराजित गर्दै दोस्रो चरण प्रवेश गरेकी थिइन् । यसैगरी अघिल्लो दिन भुटानकी संझना गुरुङलाई २१–६, २१–१२ ले पराजित गर्दै दोस्रो चरण प्रवेश गरेकी निता लम्साल बिहीबार भारतकी मुग्धा आग्रेसंग २१–४, २१–११ ले पराजित हुन पुगिन् ।

पुरुष युगल तर्फ जीवन आचार्य र सुनिल जोशीको जोडी जापानका सोतारो इनामित्सु र रिकी ताकेईको जोडीसंग २१–१०, २१–११ ले, दिपेश धामी र रत्नजित तामाङको जोडी थाइल्याण्डका रत्तनपाक अपथङ्ग र नान्थाकर्न योर्दफाइसोङ्गसंग २१–१२, २१–११ ले, विजित थापा मगर र बिष्णु कटुवालको जोडी कोरियाका ना सुङ्ग सिउङ्ग र वाङ्ग छानको जोडीसंग २१–१२, २१–११ ले तथा विकास श्रेष्ठ र नविन श्रेष्ठको जोडी अष्ट्रेलियाका सिमोन विङ्ग हाङ्ग ल्युङ्ग र मिचेल ह्विलरको जोडी संग २१–१२, २१–१४ ले पराजित भए ।

मिश्रीत युगलमा रत्नजित र अनुमाया राईको जोडी कोरियाका वाङ्ग छान र सिउङ्ग मिन किमको जोडीसंग २१–१६, २१–८ ले पराजित भए । यस्तै विकास राई र सिता राईको जोडी भारतका बि.सुमिथ रेड्डी र कुहु गर्गको जोडी संग २१–१४, २१–१२ हार ब्यहोरे । विजित थापा मगर र पुजा श्रेष्ठको जोडी पनि अष्ट्रेलियाका सिमोन विङ्ग हाङ्ग लिउङ्ग र ग्रोन्या सोमरभिलसंग २१ – १६, २१–८ ले पराजित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment