+

जिराउडको पेनाल्टी गोलबाट फ्रान्स विजयी

२०७६ कात्तिक  २९ गते ७:५० २०७६ कात्तिक २९ गते ७:५०
जिराउडको पेनाल्टी गोलबाट फ्रान्स विजयी

२९ कात्तिक, काठमाडौं । युरो कप छनोटमा यसअघि नै प्रवेश गरिसकेको फ्रान्स माल्डोभाविरुद्धको खेलमा पनि विजयी भएको छ । बिहीबार राति घरेलु मैदानमा भएको खेलमा फ्रान्सले माल्डोभालाई २-१ गोल अन्तरले पराजित गर्न सफल भयो ।

फ्रान्सको जितमा राफेयल भराने र ओलिभर जिराउडले गोल गरे । माल्डोभाका लागि भने भडिम लटाले गोल गरेका थिए ।

लटाले खेलको नवौ मिनेटमा गोल गर्दै माल्डोभालाई अग्रता दिलाएका थिए । तर खेलको ३५औं मिनेटमा भरानेले गोल गरेपछि फ्रान्सले पहिलो हाफसम्म १-१ गोलको बराबरी खेलेको थियो ।

खेलको ७८ औ मिनेटमा ओलिभर जिराउडले पेनाल्टीबाट गोल गरेपछि फ्रान्स २-१ अन्तरले विजयी भएको हो ।

समूह ‘एच’ को मा रहेको फ्रान्सले ९ खेलबाट २२ अंक बनाएको छ ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय