Comments Add Comment

बिक्की डोनरदेखि बालासम्म…

बलिउड अभिनेता आयुष्मान खुरानाको नयाँ फिल्म बालाले दर्शकको मन जितिरहेको छ । प्रारम्भिक रिपोर्ट अनुसार यो फिल्मले राम्रो आम्दानी समेत गरिरहेको छ । समीक्षकहरुले समेत यो फिल्मको विषय तथा आयुष्मान खुरानाको अभिनयको खुलेर प्रशंसा गरेका छन् । हिन्दी फिल्ममा यी जस्ता साहसी अभिनेताको कमी छैन । जसले अधिकांश निषेधहरुलाई तोड्दै लिकबाट हटेर चरित्र निर्वाह गरेका छन् । युवा अभिनेताहरुको वर्तमान पुस्तामा यही काम आयुष्मान खुरानाले गरिरहेका छन् । बाला उनको त्यही साहसको अघिल्लो कदम हो । आयुष्मानका यस्तै साहसपूर्ण चार फिल्महरु यस्ता छन् :

बिक्की डोनर

वीर्य दान गर्ने विषयलाई पहिलो पटक यही फिल्ममार्फत प्रस्तुत गरिएको थियो । जति बधाईका हकदार निर्देशक सुजित सरकार हुन् । त्यति नै प्रशंसा आयुष्मान खुरानाको साहसलाई पनि गरियो । यस्तो फिल्मबाट डेब्यु गर्नका लागि समेत उनको प्रशंसा गरियो । जो धेरै अर्थमा बोल्ड थियो । उक्त फिल्ममार्फत् यामी गौतमले पनि अभिनेत्रीको रुपमा बलिउडमा डेब्यू गरेकी थिइन् । जो अहिले बाला फिल्ममा पनि मुख्य भूमिकामा छिन् । आम रुपमा बर्जित मानिने विषयलाई छनोट गर्ने जुन शिलशिला बिक्की डोनरमार्फत् भयो । त्यो आज पनि जारी छ । रमाइलो कुरा के छ भने ती फिल्महरुमार्फत् आयुष्मानको चरित्रले सन्देश दिनुका साथै दर्शकहरुलाई काउकुती समेत लगाउँछन् ।

शुभ मंगल सावधान

हिन्दी फिल्ममा प्रायः अभिनेतालाई शक्तिशाली देखाइन्छ । तर, शुभ मंगल सावधानका अभिनेतालाई इरेक्टाइल डिस्फङ्सनको समस्या हुन्छ । आयुष्मानले उक्त भूमिकालाई निकै आकर्षक शैलीमा निर्वाह गरेका छन् । फिल्ममा भूमि पेडनेकरले आयुष्मानलाई पूर्ण रुपमा साथ दिएकी छिन् । आर एस प्रसन्नाद्वारा निर्देशित उक्त फिल्मलाई दर्शकले पनि निकै मन पराए ।

बाला

यो फिल्ममा आयुष्मान खुरानाले त्यस्तो व्यक्तिको भूमिका निर्वाह गरका छन् । जो कपाल झर्ने समस्याले ग्रस्त छन् । फिल्ममा आयुष्मानको चरित्रलाई शाहरुख खानको प्रशंसकको रुपमा देखाइएको छ । फिल्ममा भूमि पेडनेकर तथा यामी गौतम अभिनेत्रीको रुपमा प्रस्तुत भएका छन् । अमर कौशिकले यो फिल्मलाई निर्देश्ान गरेका हुन् । भूमिको साथमा आयुष्मानले दम लगाके हइसा जस्तो सफल फिल्म दिइरहेका छन् । उक्त फिल्ममार्फत भूमिले बलिउडमा डेब्यु गरेकी थिइन् ।

शुभ मंगल ज्यादा सावधान

आगामी वर्ष प्रदर्शन हुने यो फिल्मको कथा समलैंगिकतामा आधारित छ । हितेश कैवल्यद्वारा निर्देशित उक्त फिल्ममा आयुष्मानले एक पटक पुनः आफ्नो बधाई हो फिल्मका अभिभावक गजराज राव तथा नीना गुप्तासँग काम गरेका छन् । फिल्मको न्यारेसन अक्षय कुमारको आवाजमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment