Comments Add Comment

धादिङमा दुईवटा मोटरसाइकल ठोक्किंदा १ जनाको मृत्यु, ३ जना घाइते

२९ कात्तिक, काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ मलेखु पेट्रोल पम्पस्थित पृथ्वी लोकमार्गगमा शुक्रबार दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किंदा एक जना मृत्यु भएको छ । दुर्घटनामा परी अन्य तीन जना घाइते भएका छन् ।

मृत्यु हुनेमा बा ९३ प १७९३ नम्बरको मोटरसाइकल चालक धादिङ बेनिघाट रोराङ गाउँपालिका-३ का २५ वर्षीय अशोक मगर रहेका छन् । उनको उपचारको क्रममा राजमार्ग अस्पताल मलेखुमा मृत्यु भएको धादिङका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए ।

घाइते हुनेहरुमा बा ९३ प १७९३ नम्बरको मोटरसाइकल पछाडि सवार धादिङको सिद्धलेक गाउँपालिका-६ का २१ वर्षीय सन्तोष श्रेष्ठ‚ लु ४४ प १४९९ नम्बरको मोटरसाइकल चालक रुपन्देहीको बुटवल नगरपालिका-१३ का ३९ वर्षीय प्रदिप काफ्ले र सोही मोटरसाइकलको पछाडि सवार बुटवलकै २९ वर्षीय अमिर न्यौपाने रहेका छन् ।

घाइते तीनै जनालाई थप उपचारका लागि ट्रमा सेन्टर काठमाण्डौं पठाइएको प्रवक्ता खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment