+

सन्दीप लामिछानेले दिल्लीबाटै आईपीएल २०२० खेल्ने

२०७६ कात्तिक  २९ गते १९:१२ २०७६ कात्तिक २९ गते १९:१२
सन्दीप लामिछानेले दिल्लीबाटै आईपीएल २०२० खेल्ने

२८ कात्तिक, काठमाडौं । आईपीएल टिम दिल्ली क्यापिटलले नेपालका युवा स्टार सन्दीप लामिछानेलाई रिटेन गरेको छ ।

दिल्लीले शुक्रबार सार्वजनिक गरेको टिममा सन्दीपसँगै कागिसो राबाडा र केमो पल मात्र विदेशी खेलाडी छन् । बाँकी ११ जना सबै भारतीय खेलाडी छन् ।

सन्दीपले सन् २०१८ मा दिल्ली डेयरडेभिल्स (अहिले दिल्ली क्यापिटल) बाट आईपीएलमा डेब्यू गरेका थिए । उनलाई २० लाख भारुमा दिल्लीले खरिद गरेको थियो, जुन आईपीएलको न्यूनतम मूल्य हो । सन् २०१९ को आईपीएलमा दिल्लीले उनलाई रिटेन गर्‍यो । त्यसैले सन्दीपको मूल्य यथावत् रह्यो ।

त्यसबेला नै दिल्लीको सन्दीपसँग ३ वर्षको सम्झौता गरेको थियो, त्यसैले यो वर्ष पनि रिटेन गर्‍यो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय