+

बंगलादेशविरुद्ध मयंकको दोहोरो शतक

२०७६ कात्तिक  २९ गते २०:५० २०७६ कात्तिक २९ गते २०:५०
बंगलादेशविरुद्ध मयंकको दोहोरो शतक

काठमाडौं । मयंक अग्रवालको दोहोरो शतकसँगै भारतले बंगलादेशविरुद्धको इन्दौर टेष्टमा आफ्नो पकड बलियो बनाएको छ ।

टेष्टको दोस्रो दिन भारतका चेतेश्वर पुजारा, अजिन्क्या रहाणे र रविन्द्र जडेजाले पनि अर्धशतक पुरा गरे । शुत्रलबार दिनको खेल सकिँदासम्म भारतले ६ विकेट गुमाएर ४९३ रन बनाएको छ र ३४३ रनको अग्रता कायम गरेको छ ।

पहिलो दिन मोहम्मद शमीको उत्कृष्ट बलिङसँगै बंगलादेश १५० रनमा समेटिएको थियो । र, पहिलो पारी थालेको भारतले एक विकेटको क्षतिमा ८६ रन बनाएको थियो ।

मयंकले ३७ र पुजाराले ४३ रनबाट दोस्रो दिनको खेल थाले । पुजारा ५४ रनमा आउट भए । विराट कोहली शुन्यमै आउट भए । रोहित शर्मा पनि ६ रनमा पभेलियन फर्किए । त्यसपछि आएका अजिन्क्या रहाणेले भारतको पारी सम्हाले । दुबैले चौथो विकेटका लागि १९० रनको साझेदारी गर्दा मयंकले दोहोरो शतक पुरा गरे ।

रहाने ८६ रनमा आउट भए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय