Comments Add Comment

सरकारले तोक्यो कफीको भाउ, कुनको मूल्य कति ?

१ मंसिर, काठमाडौं । सरकारले कफीको न्यूनतम मूल्य तोकेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यसअघिको मूल्यमा परिमार्जन गर्दै आर्थिक वर्ष ०७६/७७ मा कृषकबाट उत्पादित काँचो कफीको न्यूनतम मूल्य तोकेको हो ।

१५ औं राष्ट्रिय दिवसको अवसरमा फ्रेस चेरी, पाचर्चमेन्ट र ड्राइ चेरी कफीको न्यूनतम मूल्य तोकेको बोर्डले जनाएको छ ।

बोर्डले फ्रेस चेरी ग्रेड ‘ए’ को मूल्य प्रतिकेजी ८५ रुपैयाँ तोकेको छ । ८ सय मिटरभन्दा माथि प्रांगारिक पद्दतिअनुसार उत्पादन गरिएको ठिक्क पाकेको, पानीमा नडुब्ने चेरीलाई बोर्डले ग्रेड ‘ए’ वर्गीकरण गरेको छ । त्यस्तै, फ्रेस चेरी ग्रेड बीको मूल्य प्रतिकेजी ७५ रुपैयाँ पुर्‍याइएको छ ।

बोर्डले जारी गरेको न्यूनतम मूल्य सूचीअनुसार, पार्चमेन्ट कफी ग्रेड ‘ए’ को प्रतिकेजी मूल्य रु ४२५ र ‘बी’को रु. ३७५ कायम गरिएको छ । ग्रेड ‘ए’ गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको, पानीमा राख्दा डुब्ने, ११ प्रतिशत चिस्यान भएको पार्चमेन्ट ग्रेड ‘ए’मा पर्छ । ग्रेड ‘बी’ गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको पार्चमेन्ट भने ग्रेड ‘बी’ मानिन्छ ।

ड्राइचेरी कफी ग्रेड ‘ए’ को न्यूनतम मूल्यमा केही परिमार्जन गर्दै प्रतिकेजी १४० र ग्रेड ‘बी’ को भाउ ९० पुर्‍याइएको छ । ग्रेड ‘ए’ गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको ११ प्रतिशत चिस्यानसहितको ड्राइ चेरी ग्रेड ‘ए’ र ‘बी’ गुणस्तरबाट उत्पादित चेरीलाई बोर्डले ग्रेड ‘बी’ मा राखेको छ ।

हरेक वर्ष कफीको न्यूनतम मूल्य तोक्दै आएको बोर्डले न्यूनतम मूल्यअनुसार कारोबार गर्न आग्रह गरेको छ । कसैले न्यूनतम मूल्यविपरीत कारोबार गरेमा बोर्डमा सम्पर्क गर्न पनि उसले सूचित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment