Comments Add Comment

स्वदेश र विदेशका पत्रकार लुम्बिनीमा भेला

नेपालमा पहिलोपटक ‘न्युज फेस्टिबल’ आयोजना

१ मंसिर, काठमाडौं । बुद्धजन्मस्थल रूपन्देहीको लुम्बिनीमा नेपालमै पहिलोपटक लुम्बिनी न्युज फेस्टिबल आजबाट सुरु हुँदैछ । ‘संघीयतामा सञ्चार, समृद्धिका लागि मोफसल नै मूलधार’ भन्ने नाराका न्युज फेस्टिबल हुन लागेको हो ।

कार्यक्रममा नेपालका राष्ट्रियस्तरका पत्रिका, टेलिभिजन र अनलाइनका सम्पादकहरू तथा नेपालस्थित अन्तर्राष्ट्रिय मिडियाका प्रतिनिधिहरूसमेत तीन सय बढी पत्रकारहरू सहभागी हुनेछन् ।

न्युज फेस्टिबलको उदघाटन प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले आइतबार दिउँसो ३ बजे गर्ने तय भएको छ ।

मंसिर ३ गतेसम्म चल्ने न्युज फेस्टिबललाई रुपन्देहीको ब्राण्डका रुपमा स्थापित गर्ने लक्ष्य रहेको कार्यक्रम संयोजक दीपेन्द्र बडुवालले बताए ।

आयोजक लुम्बिनी प्रेस क्लब सिद्धार्थनगरका अध्यक्ष दीपेश पछाईले फेस्टिबलमा बिभिन्न आठ शीर्षकमा प्यानल डिस्कसन समेत हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment