Comments Add Comment

सुशिलको क्रेज किन खस्कियो ?

चलचित्र ‘होस्टेल रिटन्र्स’बाट डेब्यू गर्दा नायक सुशिल श्रेष्ठको आकर्षक शरीरले भरिएको पोष्टर शहरका भित्ताहरुमा थिए । अर्का कलाकार नाजिर हुसेन र सुशिल सिटौला छायामा पर्दा सुशिल पोष्टरमा चम्किए । तर, चलचित्र चलेपछि सुशिल भन्दा नाजिर र सुशिल सिटौला हाबी भए ।

आशा गरिएका सुशिल यसपछि खासै चम्किन सकेका छैनन् । सुशिल श्रेष्ठको खस्कदो क्रेज माथि उक्लन सकेको छैन । कात्तिकको १५ गते रिलिज भएको चलचित्र ‘बादशाह जुट’ बक्स अफिसमा चिप्लियो । चलचित्रको दयनिय व्यापारले सुशिललाई झनै अप्ठ्यारोमा पारिदियो ।

चलचित्रमा सुशिल रहँदा त्यसले उत्पन्न गर्ने हाइप बन्नै सकेको छैन । यसकारण पनि सुशिलले करिअरको बारेमा सोच्न आवश्यक छ । मल्टिप्लेक्समा न्यून शो पाएको ‘बादशाह जुट’ले ती शोमा पनि दर्शक भर्न सकेन । नेपाली चलचित्र र कलाकारलाई दर्शकले नपत्याएका होइनन् । तर, सबै कलाकारले यो खालको क्रेज बनाउन सकेका छैनन् ।

सुशिलको अब ‘लभ डायरिज’ नामक चलचित्र रिलिजको लागि तयार छ । यो चलचित्रको व्यापार उनका लागि करिअर नै फेरबदल गर्ने अवस्थामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment