
हलिउड चलचित्र ‘जोकर’ले बम्पर कमाई गरेको छ । यो चलचित्रले विश्व बक्स अफिसमा १ विलियन डलर कमाई गरेको हो । साथै, १ विलियन डलर कमाउने यो छैटौ चलचित्र समेत बनेको छ । यो चलचित्रले घरेलु बजारमा ३४० मिलियन डलर र ओभरसिजमा ८२० मिलियन डलर कमाई गरिसकेको छ ।
यो चलचित्रको हालै मात्र भेनिस फिल्म फेस्टिभलमा प्रदर्शन समेत गरिएको थियो । जहाँ, यो चलचित्रलाई करिब ८ मिनेट लामो ‘स्ट्यान्डिङ ओवेशन’ समेत मिलेको थियो ।
‘एभेन्जर्स इन्डगेम’पछि यो बर्ष सर्वाधिक चर्चामा रहेको चलचित्र समेत ‘जोकर’ बनेको छ । यो चलचित्रमा जोकिन फिनिक्सले आर्थर फ्लेकको भूमिका निर्वाहा गरेका छन् । उनको यो भूमिकाको समेत सर्वत्र प्रशंसा भैरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4