Comments Add Comment

अब नेपालको उत्तरमा पनि भारत ?

१ मंसिर, काठमाडौं । नेपालको पूर्व, पश्चिम र दक्षिणमा भारत तथा उत्तरमा चीन छ । तर सर्वे अफ इन्डियाले नेपालको उत्तरमा समेत भारत पर्ने गरी राजनीतिक नक्सा निकालेको छ । भूगोलविदहरूका अनुसार पछिल्लो नक्सा विवादको जड पनि यही हो ।

भूगोलका प्राध्यापक डा. नरेन्द्रराज खनाल भन्छन्, ‘नेताहरुले पूर्व, दक्षिण, उत्तर कता हो भन्ने मात्र हेर्ने हो भने सुगौली सन्धिले लिम्पियाधुराबाटै बग्ने नदीलाई सिमाना मानेको प्रस्ट हुन्छ ।’

नेपाल भौगोलिक समाज र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय भूगोल विभागद्वारा आइतबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै प्रा.डा. खनालले सुगौली सन्धिमा दुई देशबीचको सिमाना नदी मात्रै हुने भनिएकाले भारतले लिपुलेकबाट डाँडैडाँडा नक्कली सिमाना कायम गर्न खोजेको बताए ।

भौगौलिक समाजको अध्यक्षसमेत रहेका प्रा.डा. खनाल भारतले पछिल्लो पटक सिमाना दाबी गरेको व्यासऋषि हिमालबाट कोरेको नक्सालाई पत्याउने हो भने नेपालको उत्तरतर्फ पनि भारत पर्ने बताउँछन् । उनी भन्छन्, ‘भारतले आफैले काली नदी दाबी गरेको लिपु खोला भन्दा पनि पूर्वतर्फ बढेको छ ।’

कार्यक्रममा भौगोलिक समाजका उपाध्यक्ष डा. धनञ्जय रेग्मीले भारतले पहिलादेखि नै नेपाली भूभाग मिच्दै आएको बताए । सिमाना मिचिनुमा इस्ट इन्डिया कम्पनीको पनि गल्ती रहेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment