Comments Add Comment

भिमफेदी कारागारका जेलर र उनकी श्रीमतीविरुद्ध भ्रष्टचारको मुद्धा

१ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मकवानपुरको भिमफेदी कारागारका जेलर चिरञ्जिवी थापा र उनकी श्रीमती गोमा कट्टेल थापाविरुद्ध आइतबार विशेष अदालत काठमाडौंमा मुद्धा दायर गरेको छ ।

जेलर थापाले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी १ करोड १३ लाख ६० हजार ४ सय १० रुपैयाँ ९५ पैसा गैरकानूनी रुपमा आर्जन गरेको पाइएकोले उनी विरुद्ध भ्रष्टचारको मुद्धा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुरमा कोइरालाले जानकारी दिए ।

जेलर थापाले आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरु आफू लगायत श्रीमती गोमा कट्टेल थापासमेतका नाममा दर्ता कायम रहने गरी खरिद गरेको पाइएकोले उनकी श्रीमती गोमाविरुद्ध समेत मुद्धा दायर गरिएको उनले बताए ।

अनुसन्धानको क्रममा जेलर थापा २०४५ साल जेष्ठ ४ गते सार्वजनिक सेवामा प्रवेश गरेको र आर्थिक वर्ष २०७५/०७६ सम्ममा आर्जन गरेको वैध आयको तुलनामा उनले एक करोड तेह्र लाख साठी हजार चार सय दस रुपैयाँ पन्चानब्बे पैसाको स्रोत खुल्न नसकेको कोइरालाले बताए ।

स्रोत नखुलेको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ साविक भ्रष्टाचार निवारण ऐन अनसार जेलर थापा र उनकी श्रीमती गोमा कट्टेल थापासमेतलाई प्रतिवादी बनाई मुद्धा दायर गरिएको कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment