Comments Add Comment

सुजुकीको ‘एस–प्रेसो’ नेपालमा, यस्ता छन् विशेषता

१ मंसिर, काठमाडौं ।  नेपालका लागि सुजुकी ‘फोर–ह्विलर’ तथा सिजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा बहुप्रतिक्षित मिनी एसयूभी ‘एस–प्रेसो’, ‘माई फर्स्ट एसयूभी’ सार्वजनिक गरेको छ ।

‘बोल्ड अनि पावरफूल एसयूभी लुक्स’ले गर्दा यो ‘योङ एसयूभी’ अरूभन्दा भिन्न देखिन्छ ।

‘हार्टटेक्ट प्लेटफर्म’को पाँचौं पुस्तामा निर्माण भएको ‘एस–प्रेसो’मा ४० प्रतिशत लचिलो स्टिल प्रयोग गरिएको छ जसले यसको बनोटलाई अझ बलियो, सुरक्षित र कठोर बनाइदिएको छ ।

१० भन्दा बढी सुरक्षा व्यवस्था रहेको ‘एस–प्रेसो’ अब नेपालका सबै ३६ वटा सुजुकी रिटेल नेटवर्कमार्फत विक्री वितरण हुनेछ । सुजुकीले ‘एस–प्रेसो’मा ‘वेस्ट–इन–क्लास’ फिचरहरू समेत लोड गरेको छ ।

‘हामीले ‘ग्राहक नै पहिलो प्राथमिकता’ भन्ने आदर्शलाई सदा अनुशरण गर्दै आएका छौं । ग्राहकको दैनिकीलाई सहज बनाउन समयसापेक्ष उत्पादन उपलब्ध गराउन हामी प्रयत्नरत छौं । ‘एस–प्रेसो’को लन्च हामी हाम्रा ग्राहकका लागि ‘बेस्ट भ्यालु प्राइस’मा ‘बेस्ट इन डिजाइन, टेक्नोलोजी र सेफ्टी’ उपलब्ध गराउन प्रतिबद्ध छौं भन्ने तथ्यलाई प्रमाणित गरेको छ । ‘एस–प्रेसो’ बीएस ६ मापदण्डमा आधारित छ जुन वातावरण संरक्षणप्रति प्रतिबद्ध मापदण्ड हो । हामीलाई विश्वास छ, ‘एस–प्रेसो’ले यो सेग्मेन्टमा नयाँ उत्साह सिर्जना गर्नेछ,’ सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने ।

डिजाइनः एसयूभी अपिल, आधुनिक र बोल्ड’

सुरक्षाः सुजुकीको प्याटेन्टेड हार्टटेक्ट प्ल्याटफर्मको पाँचौं पुस्ताले नयाँ ‘एस–प्रेसो’लाई बलियो र कठोर बनाइदिएको छ । यसमा राखिएका १० भन्दा बढी सेफ्टी फिचरले यसलाई सेग्मेन्टकै सबैभन्दा सुरक्षित कार बनाएको छ ।

प्रविधिः ‘बीएस ६ कम्प्लाइन्ट’ १.० लिटरको ‘के टेन’ इन्जिनजडित ‘एस–प्रेसो’ले २१.७ केएमपीएल सम्म माइलेज दिन्छ । साथै, यसमा कनेक्टिभिटीको लागि ‘स्मार्टप्ले स्टुडियो इन्फोटेन्मेन्ट सिस्टम’ राखिएको छ ।

दमदार एक्सटेरियर

नयाँ सुजुकी ‘एस–प्रेसो’को डिजाइन ‘बोल्ड’ छ र एसयूभी गुणले पूर्ण छ । यसको ‘अपराइड ए–पिलर’ र ‘ब्याक डोर’ डिजाइनले यसलाई बलियो एसयूभीको स्वरूप दिएको छ । ‘मोर्डन ग्लास’ र ‘बडी’को अनुपातलाई सावधानीपुर्वक डिजाइन गरिएको छ जसले यसलाई ‘बोल्ड लुक’ दिएको छ । साथै, ‘ ज्ञडण्mm हाई ग्राउन्ड क्लेरेन्स’ र ‘डोर–सिल’ले ‘एस–प्रेसो’को आत्मविश्वास र कठोरतालाई प्रस्तुत गर्छ । यसको स्वरूपलाई आर१४ टायरजडित वर्गाकार ‘ह्विल–आर्क’ले दमदार बनाइदिएको छ ।

यसमा प्रयोग गरिएको ‘अर्पेचर हेडल्याम्प’ र ‘ग्रिल ग्राफिक्स’ले यो कारको ‘बोल्डनेस’लाई व्यापक बनाइदिएको छ । चौडा ‘सि–सिग्नेचर टेल ल्याम्प’लाई थोरै माथि सारिएको छ जसले यसको उपस्थितिलाई बलियो मात्र बनाएको छैन सडकमा सहजै चिन्नसकिने बनाएको छ ।

‘युनिक र युथफुल’ इन्टेरियर

सुजुकी ‘एस–प्रेसो’मा युनिक र एक्साइटिङ इन्टेरियर डिजाइन रहेको छ जसले यसलाई छुट्टै ‘स्टाइल’ दिएको छ । यसको केन्द्रमा ‘डाइनामिक कन्सोल’ रहेको छ जुन ‘टफ स्पोर्ट वाच’बाट प्रभावित छ र यसले विशेषगरी युवा ग्राहकलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ । योसँगै ‘ट्रेन्डी इन्फोटेन्मेन्ट सिस्टम र डिजिटल स्पिडोमिटर’ रहेको छ । यसले कारलाई ‘आइकनिक स्टाइल’ दिलाउनुका साथै नयाँ प्रविधि र ‘बोल्ड डिजाइन’को समिश्रण झल्काउँछ ।

‘एस–प्रेसो’को ‘सिटिङ लेआउट’ थोरै अग्लो छ जसले ‘कमान्डिङ ड्राइभिङ पोजिसन’ प्रत्याभुत गर्छ । यसमा पर्याप्त ‘लेग रुम’समेत रहेको छ । ‘स्पोर्टी ब्ल्याक कलर स्किम’सहितको ठूलो ‘क्याबिन स्पेस’ले युवा ग्राहकमा उत्साह सञ्चार गर्ने अपेक्षा गरिएको छ ।

‘एस–प्रेसो’को अगाडि र पछाडिको भागमा ‘युटिलिटी स्पेस’को पनि व्यवस्था गरिएको छ । यसमा ‘ओपन ट्रे’, ‘ग्लोब बक्स’ र ‘डोर कन्सोल पकेट’ जस्ता धेरै ‘स्टोरेज अप्सन’हरू रहेका छ ।

रोमाञ्चक यात्राको लागि नयाँ ‘टेक्नोलोजी’

‘एस–प्रेसो’मा सेग्मेन्टमै पहिलो पटक ‘स्टेरिङ माउन्टेड अडियो एन्ड भ्वाइस कन्ट्रोल’ राखिएको छ । साथै, यसमा म्युजिक, इन्टरटेन्मेन्ट र नेभिगेसनको लागि ‘स्मार्ट प्ले’जडित टचस्क्रिन छ जुन ‘एन्ड्रोइड अटो, एप्पल कारप्ले’ वा अन्य कुनै ‘स्मार्टप्ले स्टुडियो एक्प कम्पेटिबल’ छ ।

‘एस–प्रेसो’मा बजारमा प्रमाणित र स्थापित १.० लिटरको बीएस ६ मापदण्डमा आधारित ‘के टेन’ इन्जिन रहेको छ जसले पर्फमेन्समा कुनै सम्झौता नगरी अद्वितीय माइलेज दिन्छ ।

बेजोड ‘सेफ्टी फिचर’

यात्रु र बटुवाको सुरक्षा प्रत्याभुत गर्न सुजुकीले गरिरहेको निरन्तर प्रयासको परिणाम हो, ‘एस–प्रेसो’ । सुजुकीको ‘हार्टटेक्ट प्लेटफर्म’को पाँचौ पुस्तामा निर्माण गरिएको यो कार भारतको पछिल्लो सुरक्षा मापदण्डमा आधारित छ । ‘हार्टटेक्ट प्लेटफर्म’ले गाडीको ‘बडी’मा ‘इम्प्याक्ट एब्जोप्र्सन’ र ‘इनर्जी डिस्पर्सन’ राम्रो बनाइदिन्छ । यसले यात्रुको सुरक्षा प्रत्याभुत गर्छ ।

यसमा ‘डुअल एअरब्याग’, ‘इबीडी’ (इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन)सहितको ‘एबीएस’ (एन्टिलक ब्रेकिङ सिस्टम), ‘प्रि–टेन्सनर’ र ‘फोर्स लिमिटर’सहितको सिट बेल्ट, ड्राइभर र को–ड्राइभरका लागि सिट ‘बेल्ट रिमाइन्डर’, ‘रियर पार्किङ असिस्ट सिस्टम’, ‘हाई स्पिड वार्निङ एलर्ट’ र ‘रिभर्स पार्किङ सेन्सर’ लगायतका सुरक्षा फिचरहरू रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment