+
+
Shares

मंसिर २ बाट महिन्द्रा ग्लोबल केयर फेस्ट क्याम्प

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १ गते २०:३५

१ मंसिर, काठमाडौं ।  नेपालको लागि महिन्द्रा गाडीको आधिकारिक बिक्रेता अग्नि ग्रुप अन्तर्गत बालाजु अटोवर्कस्ले मंसिर २ बाट महिन्द्रा फोर ह्वील गाडीहरुका लागि “महिन्द्रा केयर फेस्ट २०१९” आयोजना गरेको छ ।

यो विश्वव्यापी कार्यक्रम मंसिर २ देखि ६ गतेसम्म ५ दिनका लागि नेपाल लगायत २५ विभिन्न देशमा आयोजना हुन लागेको छ, जहाँ महिन्द्रा गाडीका दक्ष प्राविधिकहरुले गाडीको ६० जाँच गर्नेछन् ।

साथै महिन्द्रा उपभोक्ताहरुले उनीहरुको परिवारका लागि मनोरञ्जनका साथ महिन्द्राको लागि उच्चस्तरीय सेवा प्राप्त गर्नेछन् । यो विश्वव्यापी केयर फेस्ट क्याम्पमा महिन्द्राले संसारभरका आफ्ना उपभोक्ताहरुलाई उनीहरुको परिवारका साथमा उनीहरुको गाडीको हेरचाह गर्न प्रोत्साहन गर्नेछन् ।

महिन्द्रा ग्लोबल केयर फेस्ट २०१९ मा निःशुल्क सर्भिसिङ, स्पेयरपार्ट्स, लुब्रिकेन्ट एवं एक्सेसरिजहरुमा १२५ छुट साथै महिन्द्राको पुरानो गाडी जस्तै लोगन, क्वान्टो, जेनियो, जाइलो जस्ता गाडीमा भारी छुटको व्यवस्था पनि मिलाएको छ । यसका साथै कम्पनीले ग्राहकहरुलाई हेल्थ क्याम्पको सुविधा तथा आकर्षक उपहार पनि प्रदान गर्नेछ ।

संसारभर, यो ग्लोबल केयर फेस्ट क्याम्पको आयोजना महिन्द्रा गाडीको धनी एवं कम्पनी बीचको सुमधुर सम्बन्धलाई निरन्तता दिने उद्देश्यले आयोजना गर्न लागिएको छ ।

महिन्द्रा केयर फेस्ट सम्बन्धी जानकारी तथा गाडी बुकिङ्गका लागि निःशुल्क सर्भिस हेल्प लाइन एनटिसि प्रयोगकर्ताहरुका लागि १६६००–१००–२०० तथा एनसेल प्रयोगकर्ताहरुका लागि ९८०१५७१२१२ गरी दुई वटा टोल फ्रि नम्बरहरुको व्यवस्था पनि मिलाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?