+
+
Shares

‘मखमली मखमली’को ट्रेलर सार्वजनिक, मंसिर १३ बाट प्रदर्शनमा आउने

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर २ गते ११:१२

काठमाडौं । नारी कथामा आधारित चलचित्र ‘मखमली मखमली’ मंसिर १३ बाट प्रदर्शनमा आउने भएको छ ।

चलचित्रको ट्रेलर सार्वजनिक गरेको निर्माण पक्षले मंसिर १३ बाट देशभर फिल्म प्रदर्शन गर्न लागेको हो ।

चलचित्र निर्माण सहयोगी दामोदर भट्टले चलचित्र ‘मखमली मखमली’ यही मंसिर १३ बाट देशभरका हलमा एकसाथ प्रदर्शन गर्न फिल्मको सम्पूर्ण टिम लागिपरेको जानकारी दिए ।

मखमली मखमली नेपाली नारीका भोगाइमा आधारित चलचित्र हो । गीतकार सावित्रा चिलुवालले निर्माण गरेको फिल्मको निर्देशन राजु गिरीले गरेका छन् ।

फिल्ममा जयकिशन बस्नेत र शुभेच्छा थापाको मुख्य भूमिका छ । सविन बास्तोला, शारदा गिरी ‘कालीबूढी’, सुदर्शन आचार्य, बाल कलाकार सम्राट पोखरेलले पनि फिल्ममा अभिनय गरेका छन् ।

वसन्त सापकोटा, बाबुल गिरी र सावित्रा चिलुवालले फिल्ममा मधुर संगीत भरेका छन् भने रामजी लामिछाने र अनील राईले नृत्य निर्देशन गरेका छन् ।

नारीको भोगाइमाथि फिल्म बनेकाले यसले समाजमा सकारात्मक प्रभाव पार्ने निर्माण पक्षको विश्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?